दुर्घटना
पोखरा, १६ साउन/ पोखरा २५ हेम्जामा आइतबार साझँ दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।
हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा पोखराबाट हेम्जा तर्फ जाँदै गरेको ग १७ प १९७० मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिंदा मोटर साइकल चालकको ज्यान गएको हो ।
मोटरसाइकल चालक कास्की माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका २७ बर्षिय नवराज नेपाली रहेका छन् । दुर्घटना पछि मोटरसाइकलमा आगोलागी भएको र नेपालीको शरीर जली घाईते भएको उनको मणिपाल शिक्षण अस्पताल पोखरा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रकमा सवार ट्रकको साहू पोखरा २५ हेम्जाका ४१ बर्षिय क्षेत्र बहादुर कुँवर समेत आगो निभाउने क्रममा जलेर घाईते भएका छन् । उनका दुबै हात र दुबै खुट्टा जलेको प्रहरीले जानकारी दिएको छ । उनको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहको छ ।
ट्रक चालक पोखरा २५ लाम्पाटा २४ बर्षिय किरण बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।