अख्तियार दुरुपयोग अनुसन्धान आयोग
पोखरा, १७ साउन/ सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँ सहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट १६ लाख ५० हजार रुपैयाँ सहित २२ लाख ५० हजार सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
उनले प्रयोग गर्ने सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालन अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएका थिए । तर निवेदनलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका गरेका थिए ।
त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा पक्राउ गरेको भण्डारीले बताए ।