पोखरामा भारी वर्षा, २४९ मिलिलिटर वर्षा, कतै पहिरो कतै डुवान

-


     क्लिक गण्डकी     
     श्रावण १६ गते २०७९ मा प्रकाशित


डुवान

डुवान

पोखरा, १६ साउन/ पोखरा लगायतका क्षेत्रमा भारी वर्षा भएको छ । आइतबार साँझदेखी सोमबार बिहान सम्म वर्षा भइरहेको छ । वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुवान भएको छ । पोखरा १३ कमल पोखरी क्षेत्रका करिब १ सय घर डुवानमा परेको पोखरा १३ वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।

उनले गएराती १० बजेबाट घरहरु डुवानमा पर्ने थालेको र आफु रातभर डुवान क्षेत्रमा नै भएको बताए । उनले पोखरा ११ काहुँ देखीका भलपनि आउदा डुवान भएको बताए । ‘वर्षाको भलले निकास नपाउदा डुवानमा पारेको हो,’ वडा अध्यक्ष बरालले भर्ने वर्षाको भल अन्यत्र पठाउने निकास नहुदा डुवानमा प¥यो ।’

त्यसै गरी पोखरा पोखरा २९ सैनिक बस्तीमा पनि सडक मै खोला जस्तो बगेको छ । सबै तिरबाट एकै ठाउँमा भलआएपछि डुवान भएको स्थानीयले बताए । त्यसै गरी पोखरा–२१ को नाउडिमा पहिरो गई सडक अबरूद्व भयको छ । जसको कारण आवात जावतमा कठिनाई भएको छ ।

पहिरोका कारण बिहान चल्ने नगरबस, क्यापस जाने विद्यार्थी, दूध किसान, कुखुरापालक किसान साथै अन्यलाई समस्या भएको छ । पोखरामा पछिल्लो २४ घण्टामा २४९ मिलिलिटर वर्षा भएको छ । त्यसै गरी पोखराको लामापाटनमा रहेको स्टेसनमा ३३३.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।