समाचार

काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्कीका दुईजनाको मृत्यु

दुर्घटना
पोखरा, २३ कार्तिक/ काठमाडौं वसुन्धरामा बुधबार ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ४७ वर्षीय बेलबहादुर रानामगर र कास्कीकै ४१ वर्षीया कल्पना रानामगर रहेको प्रहरीले जानकारी दिएको छ । नारायण गोपाल चोकबाट वसुन्धरातर्फको सडकमा ना ८ ख १८४१ नम्बरको ट्रक र बा प्र २—०३२ प २२२७ नम्बरको स्कुटर ठोक्किएका थिए । प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ । पुरा पढौ

वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड
पोखरा, २३ कार्तिक/ रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा जाने महिलाहरुमा थुप्रै चुनौति देखिएको भन्दै यसलाई न्यूनिकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागिहरुले सुरक्षित र मर्यादित सेवाको सुनिश्चिता हुनुपर्नेमा जोड दिएका हुन् । वैदेशिक रोजागरका लागि दुबई र कतार गएर फर्किनु भएकी देवी सुनाले वैदेशिक रोजगार अवसरसँगै चुनौति भएकाले… पुरा पढौ

नेपालमा मध्यराति ६.६ म्याग्निच्यूडको भूकम्प, घर भत्किँदा ६ जनाको मृत्यु

भूकम्प
बझाङ, २३ कार्तिक/ डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू बनाएर भूकम्प गएको जनाएकोछ । पूर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जना उद्धार गर्न बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भोला भट्टले जानकारी दिए । ५ जना घाइते रहेका र तिनीहरूको उपचारका लागि अस्पताल… पुरा पढौ

नेपालमा मंगलबार भूकम्पको धक्का

भूकम्प
बझाङ, २२ कार्तिक/ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा भूकम्प लगत्तै सर्वसाधारण घरबाहिर निस्किएका थिए । पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १४ बाट परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २१ कार्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० अर्थात मंसिर १४ गते यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा… पुरा पढौ

पोखरामा फलामको पोलले लागेर विद्यार्थीको मृत्यु

पोखरा, २१ कार्तिक/ पोखराको एक विद्यालयमा फलामको पोलले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा १० उत्तमचोकमा रहेको ज्योतिकुञ्ज विद्यालयमा कक्षा ८ मा अध्ययनरत रोहित थापाको फुटबल पोस्टको बारले लाग्दा मृत्यु भएको हो । बारमा झुन्डिएका बालक सोही बार खसेर लागेपछि घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि स्कुलका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । पुरा पढौ

एमाले कास्की २ को प्रतिबद्धता कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोट डाँडामा रेल

पोखरा, २० कार्तिक/ नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार विद्या भट्टराइले शनिबार चुनावी प्रतिद्धता सार्वजनीक गरेकी छन् । उनले चुनावी प्रतिद्धतामा रेल सेवादेखी सुरुमार्ग समेटिएको छ । प्रतिबद्धतापत्रमा पोखरा महानगरपालिका २१ कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षण गर्न रिजलाइन (डाँडा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने रहेको छ । यस्तै पोखरा महानगरपालिकालाई बाह्य सडक सञ्जालसँग जोड्न आवश्यक स्थानमा सुरुमार्ग सम्भाव्यता अध्ययन गर्ने । त्यसै गरी शिक्षा र प्रविधि क्षेत्रमा प्रविधिक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने,… पुरा पढौ

पोखराको दिगो विकासमा कोरियाको चासो

पोखराको दिगो विकासमा कोरियाको चासो
पोखरा, १८ कार्तिक/ दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन ली सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको दिगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा हरित सहरी यातायात लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । टोलीले पोखराको दिगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धन सहित हरित सहरी यातायात विकासका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने पूर्व प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको… पुरा पढौ

ऋक्रियसनको बार्षिक उत्सवमा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

ऋक्रियसनको बार्षिक उत्सवमा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
पोखरा, १७ कार्तिक/ पोखरामा संचालनमा रहेको ऋक्रियसनको पहिलो बार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्वामा रहेका अमरज्योति आधारभूत विद्यालय र सिमला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । सिमला आधारभूत विद्यालयका ३५ जना र अमरज्योति आधारभूत विद्यालयका ४१ जना विद्यार्थीलाई टिर्सट, कपि, पेन्सि, इरेजर लगाएतका शैक्षिक सामग्री वितरण गरेको ऋक्रियसनका सञ्चालक रितेश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पोखरा महागनरपालिकाका वडा नम्बर १३ का वडा… पुरा पढौ

एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदानमा १५१ यूनिट रगत संकलन

एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदानमा १५१ यूनिट रगत संकलन
पोखरा, १६ कार्तिक/ एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा आयोजना भएको कार्यक्रममा ३३ महिला सहित १५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट कास्की ३ (२)का प्रदेशसभाका प्रत्यासी उम्मेदवार प्रकाश बराललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरे… पुरा पढौ