समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

गण्डकी प्रदेशसभा
पोखरा, २९ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (शुक्रबार) विश्वासको मत लिँदै छन् । ६० सदस्यीय प्रदेश सभाका ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले १ बजे संसदमा विश्वासको मत लिने छन् । एमाले संसदीय दलका नेता अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ती भएका थिए । तर गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने बताएका छन् । मुख्यमन्त्री दाबी गर्दा समर्थन जनाएका मनाङेले… पुरा पढौ

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश

सन्दीप लामिछाने
ललितपुर, २८ पुस/ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएका छन् । भोलि २० लाख बुझाएर… पुरा पढौ

डुलुवा टिमद्धारा पर्वतको पालुस्थान माविका विद्यार्थीलाई सामग्री सहयोग

डुलुवा टिमद्धारा पर्वतको पालुस्थान माविका विद्यार्थीलाई सामग्री सहयोग
पोखरा, २८ पुस/ पोखरा लेकसाइडका युवाहरुको समुह डुलुवा टिमले पर्वतको पैँयु गाउँपालिकामा रहेको पालुस्थान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला, शैक्षिक र खेलकुद सामग्री प्रदान गरेका छन् । विद्यालयमा रहेका नर्सरी देखी कक्षा ५ सम्मका ९० जना विद्यार्थीलाई स्कुल व्याग, शैक्षिक र खेलकुद सामग्री वितरण गरेका हुन् । कार्यक्रममा पैँयु गाउँपािलकाका उपाध्यक्ष यामकुमारी रानाले डुलुवा टिमको सहयोगले आफ्नो क्षेत्रका स्कुलको शैक्षिक सुधार गर्न सहयोग पुग्ने बताइन् । उनले विद्यार्थीको शैक्षिक सुधार गर्दै विद्यार्थीको स्वास्थ्य जाचँका कार्यक्रम पनि ल्याउने योजनामा रहेको जानकारी दिइन्… पुरा पढौ

राज्य बल्ल पृथ्वी नारायण शाहलाई न्याए गरेको छः मन्त्री गुरुङ

राज्य बल्ल पृथ्वी नारायण शाहालाई न्याए गरेको छः मन्त्री गुरुङ
पोखरा, २७ पुस/ गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्ष पछी राज्यले पृथ्वी नारायण शाहमाथी न्याए गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्म जयन्ती मनाएर राम्रो काम गरेको उनले सुनाए । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको ३ सय १ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा पोखरा १८ को जामुनबोटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण गर्दै गुरुङ पृथ्वीको भानाई अहिले पनि अनुशरण गर्नुपर्ने रहेको बताए । “नेपाल दुई ढुङ्गाबिचको तरुल हो’’ “घुस… पुरा पढौ

पोखरा २४ का वडा अध्यक्ष पक्राउ

पोखरा, २६ पुस/ वडा सदस्यलाई जातीय बिभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । वडा सदस्य मैया नेपालीले उनी बिरुद्द उजुरी दिएकी हुन् । अधिकारीले पटकपटक अमयार्दित व्यवहार गरेका आरोप छ । पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच छलफलका क्रममा उनले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ । पुरा पढौ

बुधबार सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २६ पुस/ सरकारले पृथ्वी जयन्तीको अवसरमा बुधबार अर्थात पुस २७ गते सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो । पुरा पढौ

गण्डकी प्रदेशमा मुख्यमन्त्री सगैँ ३ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ
पोखरा, २५ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीसहित ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् । मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री अधिकारी नेतृत्वमा ३३ सांसदको समर्थन गरेका छन् । नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र… पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
पोखरा, २५ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । उनले ३३ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । अधिकारीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरे । अधिकारीले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रदेश प्रमुखको कार्यालयमा सोमबार दाबी प्रस्तुत गरेका थिए । एमाले, माओवादी केन्द्र र राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । खगराजको समर्थनमा एमालेका २२, माओवादी केन्द्रका ८ र… पुरा पढौ

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ बाट प्याराग्लाइडिङको व्यावसायिक उडान

प्याराग्लाइडिङ
पोखरा, २४ पुस/ पोखरा महानगरपालिका २४ मा पर्ने मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्दछ । प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए । यसअघि पनि मान्द्रेढुङ्गाबाट उडान भए पनि व्यावसायिक उडान नभएको भट्टराईले बताए । मान्द्रेढुङ्गाबाट हुने उडान… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं, २२ पुस/ मन्त्रिपरिषदको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको बताए । पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए । पुरा पढौ