पोखरामा जलेर दुई जना घाइते, एकको अवस्था गम्भिर

-


     क्लिक गण्डकी     
     माघ १५ गते २०७९ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, १५ माघ/ पोखरामा जलेर दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलामा दुई जना जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइते हुनेहरुमा ४३ वर्षका पुरुष र ३५ वर्षकी महिला रहेका छन् । बिहान जलेर घाइते भएका उनीहरुलाई छिमेकीहरुले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

गम्भीर घाइते भएकी महिलाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने पुरुषको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आगो लागेका पुरुषलाई बचाउन जाँदा घरबेटी समेत रहेकी महिला घाइते भएको प्रहरीले जनाएको छ ।

आगो लगाउन लागेका पुरुषलाई बचाउन जादाँ पेट्रोल महिला माथी खानिएका कारण महिला अझ बढि घाइते भएको छिमेकीको भनाई छ ।