
भूकम्प
धनगढी, १० माघ/ बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्रहरीले दिएको छ ।
बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको प्रहरीको भनाई छ । अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको प्रहरीको भनाई छ ।