
दुर्घटना
पोखरा, ११ माघ/ पोखरा महानगरपालिका ३३ चवादी स्थित भित्री कच्ची सडकमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
पोखरा ३३ को चौगादीबाट सुरौदी तर्फ जादै गरेको ग १ त ६६६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टदा ट्याक्टरमा सवार सोही ठाँउका ६३ बर्षिय नलप्रसाद लामिछानेको मृत्यु भएको छ ।
पल्टिएको ट्याक्टरले च्याप्पिएर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।
घाइते लामिछानेको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा उपचारको क्रममा मृत भएको चौधरीले बताए । ट्याक्टर चालक र ट्याक्टर प्रहरीको नियन्त्रणमा राखिएको छ।