समाचार

स्याङ्जा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड, क्याप्टेन र यात्रु कुटिए

स्याङ्जा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड, क्याप्टेन र यात्रु कुटिए
स्याङ्जा, ५ माघ/ स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात भएको छ । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर खेल मैदानमै ल्याण्ड भएको थियो । दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका थिए । वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा… पुरा पढौ

व्यवसायी तथा सामाजिक व्यक्ति बलराम चार दिन देखी सम्पर्कविहीन

बलराम गौतम
पोखरा, ५ माघ/ पोखराका व्यवसायी तथा सामाजिक व्यक्ति बलराम गौतम चार देखी सम्पर्कविहीन भएका छन् । पोखराको गैह्रापाटन निवासी बलराम गौतम सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । ५६ वर्षीय गौतम सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेका थिए । तर मोवाइल र गाडीको चावी घरमै छाडेरका उनलाई परिवार साँझ सम्म नआएपछि खोजी थालेका थिए । गौतम मंगलबार दिउँसोसम्म सम्पर्कविहीन भएपछि परिवार र आफन्तको सल्लाहमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निवेदन दिइएको छ । गौतम विभिन्न उद्यम… पुरा पढौ

यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा

यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा
पोखरा, ४ माघ/ यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले घटनास्थलको अवलोकन, स्थानीय सगँ कुराकानी र उडानमा संलग्नहरु छलफल गर्ने छ । नेपाल सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगको टोली पनि पोखरामै रहेर छ । उनीहरुले पनि दुर्घटनको कारण बारे अनुसन्धान गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले… पुरा पढौ

तनहुँ जिल्ला अदालतबाट पल शाहलाई सफाइ

पल शाह
तनहुँ, ४ माघ/ नाबालिका बलात्कारको आरोपमा मुद्धा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपुरले शाहलाई बलात्कार मुद्दामा सफाइ दियो… पुरा पढौ

यती विमान दुर्घटनाः थप एक जनाको शव फेला, पोखरामा २२ पोस्टमार्टम

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा
पोखरा, ३ माघ/ यती एयरको विमान दुर्घटनामा परि हराइरहेका थप एक जनाको शव फेला परेको छ । एक जनाको अझै बेपत्ता छन् । मंगलबार विमान दुर्घटनास्थलबाट करिब ७ सय मिटर तल एउटा शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । ७२ जना यात्रु मध्ये ७१ जनाको शव भेटिएको उनले बताए । ७१ जनामध्ये २२ जनाको शव पोखरामा पोस्टमार्टम गरेर उनका आफ्न्तलाई बुझाएको शाहीले बताए । बाँकी ४८ जनाको शव पोस्टमार्टका लागि मंगलबार बिहान काठमाडौं पठाउने छ… पुरा पढौ

पत्रकार त्रिभुवन पौडेलको अन्तेष्टि आज

त्रिभुवन पौडेल
पोखरा, ३ माघ/ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको अन्तेष्टि आज हुने भएको छ । पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परी निधन भएका पौडेलको सोमबार साँझ पोष्टर्माटम भएपछि मंगलबार बिहान अन्तेष्टिको तयारी गरीएको हो । उनको शवलाई अस्पतालकाबाट घर लैजाने र घरबाट पत्रकार महासंघ कास्की श्रद्धान्जलीका लागि राखिने छ र आजै रामघाटमा अन्तेष्टि गर्ने तय भएको छ । काठमाडौंबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । पत्रकार पौडेल २०७७ फागुन ५… पुरा पढौ

मिस तामाङ पोखराको उपाधि रोश्मालाई

मिस तामाङ पोखराको उपाधि रोश्मालाई
पोखरा, ३ माघ/ मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भइन् । उपाधि सँगै उनले १ लाख रुपैयाँ नगदसहित ताज र ट्रफि प्राप्त गरिन् । उनले मिस कन्फिडेन्टको उपाधि समेत जितिन् । त्यस्तै जुना तामाङ फस्ट रनरअफ भइन् । उनले ५० हजार रुपैयाँसहित ताज र ट्रफि प्राप्त गरिन् । प्रीति तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गरिन् ।… पुरा पढौ

अमेरिकाबाट आएका शिव र अष्टेलियाबाट आएकी अनुष्का सँगै ज्यान गुमाए

अमेरिकाबाट आएका शिव र अष्टेलियाबाट आएकी अनुष्का सँगै ज्यान गुमाए
पोखरा, ३ माघ/ कास्कीको धम्पुस घर भएका शिवकुमार गुरूङ अमेरिका र कास्की दाङसिङकी अनुष्का गुरूङ अष्टेलियामा थिए । उनीहरूले योजना बनाए, दुवैमा भेट्ने घर र माइत जाने र बाआमा भेट्ने । विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने । सोही अनुसार दुवैमा भेट भएर एउटै जहाजमा पुस २७ मा काठमार्डौ ओर्लिए । २ वर्षअधिमात्र उनीहरूले विवाह गरेका थिए । काठमाडौंबाट उनीहरु जुन जहाजमा पोखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खोँचमा दुर्घटनामा प¥यो । सँगै… पुरा पढौ

यती विमान दुर्घटनाः २४ शवको पोखरामै पोस्टमार्टम हुने, ४६ वटा काठमाडौं पठाइने

पोखरा, २ माघ/ यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्की साहेक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । बाँकी ४६ जनाको शव मंगलबार बिहान काठमाडौं पठाउने छ । काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ । सोमबार राती सम्म ३ जनाको पोस्टमार्टम गरेर १ जनाको शव आफन्तलाई बुझाएको शाहीले बताए । बाँकी दुई… पुरा पढौ

यती जहाज दुर्घटनाः ६८ शव फेला, २६ जनाको पहिचान खुल्यो

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
पोखरा, २ माघ/ पोखरामा यति एयरको जहाज दुर्घटनामापरी मृत्यु भएका ६८ जनाको शव भेटिएको छ । ति मध्ये ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । ५ जनाको शव देखी पनि सेती खोचबाट निकाल्न सकिएको छैन । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार थिए । अन्य चार जनाको अवस्था खुलेको छैन । दुर्घटनामा परेका २६ जनाको सनाखत पहिचान भएको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाइने… पुरा पढौ