गण्डकी प्रदेशसभाः स्थापनाको पाँच वर्ष पूरा

-


     क्लिक गण्डकी     
     माघ २२ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशसभाः स्थापनाको पाँच वर्ष पूरा

गण्डकी प्रदेशसभाः स्थापनाको पाँच वर्ष पूरा

पोखरा, २२ माघ/ गण्डकी प्रदेशसभा स्थापना भएको पाँच वर्ष पूरा भएको छ । बार्षिक उत्सवको अवसरमा गण्डकी प्रदेशसभाले आइतबार विषेश कार्याक्रम गरी मनाएको छ ।

प्रदेशले स्वायत्तता नपाउदा प्रदेशहरुले राम्रो सगँ काम गर्न नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बताए । उनले संघियता कार्यान्वयनमा आएसँगै यसका पक्ष र विपक्षमा बहर भइरहेको उनलेको भनाई छ ।

उनले संघियतालाई कार्यान्वयन गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्थाबारे व्यवस्थीत गर्दै लैजानु पर्ने बताए । उनले गण्डकी प्रदेश सभाले संचालनमा ल्याएको लाइबेरीको उद्घाटन समेत दिएका थिए । कार्यक्रमा पुर्व मख्यमन्त्री कृष्णचन्द्र पोख्रेल, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे लगाएतले शुभकामना दिएका दिएका थिए ।

पाँच वर्षमा २ सय ५३ वटा वैठक संचालन भएका थिए । यस अवधिमा प्रदेशसभा तीन सय आठ घण्टा संचालन भएको थियो । पाँच वर्षको अवधिमा १० अधिवेशन नियमित र दुई विशेष अधिवेशन संचालन भएका थिए । पाँच वर्षमा गण्डकी प्रदेशमा ६१ कानुन पारित भएका छन् ।



Tags: