पोखरामा विमान दुर्घटनाः प्रारम्भिक प्रतिबेदन ‘प्राविधिक त्रुटि’ -आयोग

-


     क्लिक गण्डकी     
     माघ २४ गते २०७९ मा प्रकाशित


यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा

यती विमान दुर्घटना


पोखरा, २४ माघ/ पोखरामा माघ १ गते भएको यती एअरलाइन्सको जहाज दुर्घटना अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ ।

माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको आयोगले जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्दा प्रोपेलर फेदर नै दुर्घटनाको कारण रहेको देखिएको जनाएको छ ।

आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले विज्ञप्ति निकालेर जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा जानुको कारणबारे आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको जनाएका छन् ।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको विश्लेषण र अनुसन्धान सिङ्गापुरमा रहेको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेटिभ ब्युरोमा गरिएको हो । छानबिनको अन्तिम प्रतिवेदन आउन समय लाग्ने विज्ञप्तिमा उल्लेख छ ।

माघ १ गते ६८ जना यात्रु र चालकदलका चार सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थलको धावनमार्ग नजिकै सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।



Tags: