महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा उमा भण्डारी

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०७९ मा प्रकाशित


महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा उमा रेग्मी

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा उमा रेग्मी

पोखरा, २७ माघ/ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उमा रेग्मी भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको निवर्तमान अध्यक्षमा पार्वता पाण्डे, संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष ममता न्यौपाने, महासचिव लक्ष्मी लामिछाने, सचिव बालकुमारी न्यौपाने, कोषाध्यक्ष शारदा भुजेल र सहकोषाध्यक्ष रीता रेग्मी पौडेल (मुना) छन् ।

सदस्यहरुमा सरिता शर्मा, कान्ति अधिकारी, माया सुवेदी, भावना रानाभाट, सुशीला भण्डारी, लक्ष्मीदेवी तिमिल्सिना, मञ्जुकुमारी शर्मा भट्टराई, मञ्जु काफ्ले, विष्णुमाया शर्मा सुवेदी र विकल्प बोगटी छन् ।

अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जाने बताएका थिए । उनले कोरोना लगायतका महामारीका कारण प्रभावित पर्यटन व्यवसायलाई पुर्नरुत्थान गर्नुपर्ने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद् का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, मञ्चका अध्यक्ष पार्वती पाण्डे, उपाध्यक्ष उमा रेग्मी भण्डारी, महासचिव ममता न्यौपाने, सञ्चार सल्लाहकार जमुना वर्षा शर्मा, शर्मिला न्यौपाने लगायतले शुभकामना दिदै महिलाका सहभागीताबाट पर्यटन व्यवसायमा अझ उत्साह थप्ने बताए । सो अवसरमा प्रदेश सभा सदस्य देवका पहारी, संस्थाका संचार सल्लाहकार पत्रकार जमुना वर्षा शर्मा र पत्रकार रोहित बस्नेतलाई सम्मान गरिएको थियो ।



Tags: