
दुर्घटना
पोखरा, २६ माघ/ पोखरामा पृथ्वीचोकस्थित चाइनापुलमा बिहीबार भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ ।
पृथ्बीचोकस्थित चाइनापुलमा बसले स्कुटरलाई ठक्कर दिंदा पोखरा २६ बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको ज्यान गएको हो ।
बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए
दुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपालीलाई पक्राउ गरी थप अनुसन्धान गरी रहेको प्रहरीको भनाई छ ।





