पोखराको मुख्य सडकमा भोली देखी हुने पार्किङ निषेध फिर्ता

-


     क्लिक गण्डकी     
     माघ २२ गते २०७९ मा प्रकाशित


पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी

पोखराको मुख्यबजार न्युरोड

पोखरा, २२ माघ/ पोखरा महानगरपालिकाले पोखराको मुख्य बजार सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने पोखरा महानगरपालिकाको निर्णय फिर्ता लिएको छ ।

पोखरा महानगरपालिकाले आइतबार सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय अहिलेलाई फिर्ता लिएको सूचना जारी गरेको छ ।

यस अगाडी माघ १६ गते सूचना जारी गर्दै मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो ।

‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गर्ने जनाएको थियो ।

महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा जारी गरेको थियो ।