गण्डकी प्रदेश प्रहरी प्रमुखमा बुद्दिराज गुरुङ

-


     क्लिक गण्डकी     
     माघ ६ गते २०७९ मा प्रकाशित


प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङ

प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङ

पोखरा, ६ माघ/ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक गुरुङलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यलय प्रमुखहरु स्वागत गरेका थिए ।

स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यलय मातहतका सम्पुर्ण प्रहरी कार्यालय प्रमुखहरुसंगको भिडियो कन्फेरेन्स मार्फत ११ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरी जनशक्तिका विषयमा जानकारी लिएका थिए ।