
बलराम गौतम
पोखरा, ५ माघ/ पोखराका व्यवसायी तथा सामाजिक व्यक्ति बलराम गौतम चार देखी सम्पर्कविहीन भएका छन् । पोखराको गैह्रापाटन निवासी बलराम गौतम सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।
५६ वर्षीय गौतम सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेका थिए । तर मोवाइल र गाडीको चावी घरमै छाडेरका उनलाई परिवार साँझ सम्म नआएपछि खोजी थालेका थिए ।
गौतम मंगलबार दिउँसोसम्म सम्पर्कविहीन भएपछि परिवार र आफन्तको सल्लाहमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निवेदन दिइएको छ ।
गौतम विभिन्न उद्यम र व्यवसाय र सहकारीमा अध्यक्ष समेत थिए । गौतम नेपाल घरेलु तथा साना महासंघ कास्की जिल्ला अध्यक्ष समेत हुन् । उनी हराएपछि विभिन्न व्यक्तिले समाजिक सञ्जालमा खोजी दिन र देखेमा खबर गर्न आवाहन गरेका छन् ।





