स्याङ्जा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड, क्याप्टेन र यात्रु कुटिए

-

     क्लिक गण्डकी     
     माघ ५ गते २०७९ मा प्रकाशित

स्याङ्जा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड, क्याप्टेन र यात्रु कुटिए

स्याङ्जा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड, क्याप्टेन र यात्रु कुटिए

स्याङ्जा, ५ माघ/ स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात भएको छ ।

वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर खेल मैदानमै ल्याण्ड भएको थियो ।

दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका थिए ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएकाले आफूले ल्याण्ड गरेको पाइलटले बताएका छन् ।