जहाज दुर्घटनामा परेका हेम्जाका कुबँर दम्पतिको अन्तेष्टि

-


     क्लिक गण्डकी     
     माघ ८ गते २०७९ मा प्रकाशित


जहाज दुर्घटनामा परेका हेम्जाका कुबँर दम्पतिको अन्तेष्टि

जहाज दुर्घटनामा परेका हेम्जाका कुबँर दम्पतिको अन्तेष्टि

पोखरा, ८ माघ/ पोखरामा माघ १ गते यति एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवंगत भएका पोखरा २५ हेमजा निवासी जितेन्द्र कुवँर र भगवती कुँवर अन्तेष्टि भएको छ ।

आइतबार बिहान मात्रै उनीको शव हेमजामा ल्याएर मर्दि दोबिल्ला घाटमा श्रद्धाञ्जली सहित दाहसंस्कार गरेका छन् । हेम्जाका जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती काठमाडौँबाट पोखरा फर्किने क्रममा विमानमा दुर्घटनामा परेका थिए ।

घरायसी कामकाजको सिलसिलामा काठमाण्डौ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने पुष ३० गते नै बसमा पोखरा आएका थिए । दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि हेमजा शोकमा डुबेको छ ।

कुँबर दम्मती पोखरा ५ जिरोकिलोमिटरमा व्यवसाय समेत गर्दथे । सोही दुर्घटनामा पोखरा महानगरपाकिला २५ हेमजा हनुमान चोकका सापकोटा दम्पती पनि परेका थिए ।



Tags: