शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन अहिलेको चुनौती – प्रधानमन्त्री दाहाल

-


     क्लिक गण्डकी     
     फागुन ८ गते २०७९ मा प्रकाशित


शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन अहिलेको चुनौती – प्रधानमन्त्री दाहाल

शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन अहिलेको चुनौती – प्रधानमन्त्री दाहाल

पोखरा, ८ फागुन/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन नै अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।

पोखरा विश्वविद्यालयको अठारौं दिक्षान्त समारोहलाई पोखरा ३० ढुङ्गेपाटनमा सम्बोधन गर्दै शैक्षिक जनशक्तिको विदेश पलायन देशका लागि चुनौतीको विषय भएको बताए । उनले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको बताए ।

पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरेको बताए । विश्वविद्यालयबाट दिक्षित विद्यार्थीले विश्वबजारमा प्रतिष्पर्धी र अब्बल प्रमाणित गर्र्ने उनको विश्व छ ।

प्रधानमन्त्री दाहालले पोखरामा भएको अर्को एक कार्यक्रमा बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थिति रहेको बताए ।

पोखरा विश्व विश्वविद्यालयबाट अहिले समम ४८ हजार ९ सय ८ जना विद्यार्थीहरूले उपाधिप्राप्त गरिसकेका छन् । सोमबार अठारौ दीक्षान्त समारोहमा ६ हजार ९ सय ९९ विद्यार्थीहरू दीक्षित भएका छन् । दीक्षान्त समारोहलाई नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयू) का उपकुलपति प्रा.डा. उमा भारद्वाजले सम्बोधन गरीन् । उनले शिक्षाले नै अहिलेको विकास सम्भव भएको बताउदै शिक्षमा नै जोड्दिनु पर्ने बताइन् ।

दीक्षान्त समारोहमा स्नातकोत्तरतहका सम्पूर्ण कार्यक्रमहरूमा सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक तथा स्नातक तहका सम्पुर्ण कार्यक्रमहरूमा सबै भन्दा उच्चतम अङ्क प्राप्त गर्ने विद्यार्थीलाई उपकुलपति पदकबाट सम्मान गरेका थिए । पोखरा विश्वविद्यालय स्थापना भएको २६ औं वर्षमा रहेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ अन्तर्गत २०५४ सालमा स्थापना भएको थियो ।