पोखरामा बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ जना पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन १० गते २०७९ मा प्रकाशित


पोखरामा बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ जना पक्राउ

पोखरामा बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ जना पक्राउ

पोखरा, १० फागुन/ पोखरामा विभिन्न बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटिएम पोखरा १५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाहान्ने तथा सिटि क्यामेरा कागजले छाप्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनामा संलग्न जिल्ला उदयपुर गाईघाट नपा वडा नम्बर ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १७ छोरेपाटन बस्ने २१ को शुसिल चाम्लिङ राई र जिल्ला लम्जुङ मर्स्याङ्दी ४ स्थायी घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २१ बर्षिय अर्जुन भन्ने लु बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट दिन दशको म्याद थप गरी थप अनुसन्धान भईरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।



Tags: