
असिना पानी
पोखरा, १४ फागुन/ पोखरामा चार महिनापछि हिउँदे वर्षा भएको छ । फागुन ११ गते बिहीबार र आज आइतबार हिउँदे वर्षा सहित असिना परेको हो ।
लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहात मिलेको छ । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति पु¥याएको छ ।
पोखरा ७ मासबार लगायत क्षेत्रमा आइतबार दिउँसो वर्षासँगै असिना परेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेपनि कतै असिना समेत पर्दा हिउँदे बालीमा क्षति पुगेको कृषि महाशाखा प्रमुख कडरियाले बताए । पानी पर्दा दिऊसै अध्यारो भएर रातपरे जस्तो भएको थियो ।





