समाचार

हिमचितुवाको फोटो खिच्ने टासीलाई सम्मान

हिमचितुवाको फोटो खिच्ने टासीलाई सम्मान
तनहुँ, ६ माघ/ अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई सकेका चर्चित ब्यक्तित्व घलेलाई ब्यास नगरपालिका तनहुँको तनहुँसुरमा गण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरेका छन । कार्यक्रममा टासी आर घलेले दुर्लभ बन्य जन्तु त्यसमाथी पनि अत्यन्त कठिन हिमाली… पुरा पढौ

मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ

मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ
पोखरा, ६ माघ/ पोखरा २५ हेमजा स्थित बाबियातारामा मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणका लागि रकम अभाव हुने भएपछि महायज्ञ गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो । मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले बताए ।‘पोखरामा बन्दै गरेको मानवसेवा आश्रमको… पुरा पढौ

गण्डकी प्रदेश प्रहरी प्रमुखमा बुद्दिराज गुरुङ

प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङ
पोखरा, ६ माघ/ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक गुरुङलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यलय प्रमुखहरु स्वागत गरेका थिए । स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यलय मातहतका सम्पुर्ण प्रहरी कार्यालय प्रमुखहरुसंगको भिडियो कन्फेरेन्स मार्फत ११ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरी जनशक्तिका विषयमा जानकारी लिएका… पुरा पढौ

स्याङ्जा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड, क्याप्टेन र यात्रु कुटिए

स्याङ्जा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड, क्याप्टेन र यात्रु कुटिए
स्याङ्जा, ५ माघ/ स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात भएको छ । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर खेल मैदानमै ल्याण्ड भएको थियो । दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका थिए । वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा… पुरा पढौ

व्यवसायी तथा सामाजिक व्यक्ति बलराम चार दिन देखी सम्पर्कविहीन

बलराम गौतम
पोखरा, ५ माघ/ पोखराका व्यवसायी तथा सामाजिक व्यक्ति बलराम गौतम चार देखी सम्पर्कविहीन भएका छन् । पोखराको गैह्रापाटन निवासी बलराम गौतम सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । ५६ वर्षीय गौतम सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेका थिए । तर मोवाइल र गाडीको चावी घरमै छाडेरका उनलाई परिवार साँझ सम्म नआएपछि खोजी थालेका थिए । गौतम मंगलबार दिउँसोसम्म सम्पर्कविहीन भएपछि परिवार र आफन्तको सल्लाहमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निवेदन दिइएको छ । गौतम विभिन्न उद्यम… पुरा पढौ

यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा

यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा
पोखरा, ४ माघ/ यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले घटनास्थलको अवलोकन, स्थानीय सगँ कुराकानी र उडानमा संलग्नहरु छलफल गर्ने छ । नेपाल सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगको टोली पनि पोखरामै रहेर छ । उनीहरुले पनि दुर्घटनको कारण बारे अनुसन्धान गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले… पुरा पढौ

तनहुँ जिल्ला अदालतबाट पल शाहलाई सफाइ

पल शाह
तनहुँ, ४ माघ/ नाबालिका बलात्कारको आरोपमा मुद्धा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपुरले शाहलाई बलात्कार मुद्दामा सफाइ दियो… पुरा पढौ

यती विमान दुर्घटनाः थप एक जनाको शव फेला, पोखरामा २२ पोस्टमार्टम

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा
पोखरा, ३ माघ/ यती एयरको विमान दुर्घटनामा परि हराइरहेका थप एक जनाको शव फेला परेको छ । एक जनाको अझै बेपत्ता छन् । मंगलबार विमान दुर्घटनास्थलबाट करिब ७ सय मिटर तल एउटा शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । ७२ जना यात्रु मध्ये ७१ जनाको शव भेटिएको उनले बताए । ७१ जनामध्ये २२ जनाको शव पोखरामा पोस्टमार्टम गरेर उनका आफ्न्तलाई बुझाएको शाहीले बताए । बाँकी ४८ जनाको शव पोस्टमार्टका लागि मंगलबार बिहान काठमाडौं पठाउने छ… पुरा पढौ

पत्रकार त्रिभुवन पौडेलको अन्तेष्टि आज

त्रिभुवन पौडेल
पोखरा, ३ माघ/ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको अन्तेष्टि आज हुने भएको छ । पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परी निधन भएका पौडेलको सोमबार साँझ पोष्टर्माटम भएपछि मंगलबार बिहान अन्तेष्टिको तयारी गरीएको हो । उनको शवलाई अस्पतालकाबाट घर लैजाने र घरबाट पत्रकार महासंघ कास्की श्रद्धान्जलीका लागि राखिने छ र आजै रामघाटमा अन्तेष्टि गर्ने तय भएको छ । काठमाडौंबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । पत्रकार पौडेल २०७७ फागुन ५… पुरा पढौ

मिस तामाङ पोखराको उपाधि रोश्मालाई

मिस तामाङ पोखराको उपाधि रोश्मालाई
पोखरा, ३ माघ/ मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भइन् । उपाधि सँगै उनले १ लाख रुपैयाँ नगदसहित ताज र ट्रफि प्राप्त गरिन् । उनले मिस कन्फिडेन्टको उपाधि समेत जितिन् । त्यस्तै जुना तामाङ फस्ट रनरअफ भइन् । उनले ५० हजार रुपैयाँसहित ताज र ट्रफि प्राप्त गरिन् । प्रीति तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गरिन् ।… पुरा पढौ