समाचार

पोखरा पस्याङको खुडेपोखरीमा डुबेर बालकको मृत्यु

पाैडी डुवेर
पोखरा, ९ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङमा रहेको खुडेपोखरीमा डुबेर बालकको मृत्यु भएको छ । सोमबार राति घर नआएपछि खोजी गर्ने क्रममा खुडेपोखरीमा डुबेको अवस्थापमा ४ बर्षिय सुहान केसी फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । सोमबार राती सम्म घर नआएपछि खोजी भएको थियो तर मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ । उनको पोष्टमार्टका लागि अस्पताल लगिएको छ । पुरा पढौ

लेखनाथलाई पोखराबाट छुट्याउन प्रधानमन्त्री सगँ लेखनाथका व्यवसायीको माग

लेखनाथलाई पोखराबाट छुट्याउन प्रधानमन्त्री सगँ लेखनाथका व्यवसायीको माग
पोखरा, ९ फागुन/ पोखरा महानगरपालिकाबाट लेखनाथ क्षेत्रलाई हटाएर छुटै नगरपालिका बनाउन माग गरेका छन् । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सोमबार पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखनाथका व्यवसायीले लेखनाथलाई छुट्याएर नयाँ नगरपालिका बनाउन माग गरे । लेखनाथ उद्योग वाणिज्य संघले प्रचण्डलाई स्वागत गर्दै लेखनाथ नगरपालिका पुनस्र्थापना माग गरे । गाभिँदा विकासका गतिविधिबाट निकै पछि परेको गुनासो संघका अध्यक्ष छत्रधर आत्रेयले राखे । उनले यसबाहेक लेखनाथमा औद्योगिक क्षेत्र स्थापना, ताल संरक्षण, हाल उद्योगी व्यवसायीलाई परेका पीडा, क्रसर व्यवसायीहरुको व्यवस्थापन… पुरा पढौ

शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन अहिलेको चुनौती – प्रधानमन्त्री दाहाल

शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन अहिलेको चुनौती – प्रधानमन्त्री दाहाल
पोखरा, ८ फागुन/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन नै अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । पोखरा विश्वविद्यालयको अठारौं दिक्षान्त समारोहलाई पोखरा ३० ढुङ्गेपाटनमा सम्बोधन गर्दै शैक्षिक जनशक्तिको विदेश पलायन देशका लागि चुनौतीको विषय भएको बताए । उनले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको बताए । पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरेको बताए । विश्वविद्यालयबाट दिक्षित विद्यार्थीले विश्वबजारमा प्रतिष्पर्धी… पुरा पढौ

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि कोरियन र विज एयरको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं, ८ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन पछि इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली शुरु हुदैछ । फागुन ११ गते बाट पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनमा आउने छ । आइएफआर कार्यान्वयनमा आएपछि पोखराबाट रात्री कालिन उडान र अन्तर्राष्ट्रिय उडानका लागि योग्य हुनेछ । अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरुले चासो देखाउन थालेका छन् । अहिले कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम, बुद्ध एयर लगायतको चासो देखाएको विमानस्थल स्रोतका भनाई छ । कोरियन र बिज एयरसँग १९० सीट क्षमताको ए… पुरा पढौ

पोखरा आउदै गरेको बस लेखनाथमा दुर्घटना, ५३ जना घाइते (घाइतेको नाम सहित)

पोखरा आउदै गरेको बस लेखनाथमा दुर्घटना, ५३ जना घाइते घाइतेको नाम सहित
पोखरा, ७ फागुन/ पोखरा महागनरपालिका २७ लेखनथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ५३ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल र मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए । बसमा अधिकांश पोखरा विश्वविद्यायलबाट फर्किदै गरेका विद्यार्थी रहेका छन् । बस करिब… पुरा पढौ

पोखरा आउदै गरेको बस लेखनाथमा दुर्घटना, ४२ जना घाइते, केहीको अवस्था गम्भीर

पोखराको लेखनाथमा बस खोलामा खस्यो
पोखरा, ७ फागुन/ पोखरा महागनरपालिका २६ लेखनथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए । ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएको केसीको भनाई छ । बस प्रहरी चौकी नजिकै रहेको खोलामा खसेको थियो । प्रहरी नजिकै भएका… पुरा पढौ

पोखराका फोटोपत्रकार सुरज श्रेष्ठलाई अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार

सुरज श्रेष्ठ
पोखरा, ७ फागुन/ पोखराका फोटोपत्रकार सुरज श्रेष्ठ अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुने भएका छन् । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुने भएका हुन् । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा ५०० अमेरिकी डलर राशि सहित उनलाई पुुरस्कृत गर्न लागिएको हो । पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट… पुरा पढौ

पोखराको लेखनाथमा बस खोलामा खस्यो

पोखराको लेखनाथमा बस खोलामा खस्यो
पोखरा, ७ फागुन/ पोखरा महानगरपालिका वडा २६ डाडानाक प्रहरी चौकी नजिकै बस दुर्घटना भएको छ । लेखनाथ माईक्रोको ६७४७ नम्बरको बस प्रहरी चौकी नजिक खोलामा खसेको हो । घाइतेहरुको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । बसमा अधिकांश पोखरा विश्वविद्यालयबाट फर्किदै गरेका विद्यार्थीहरु रहेको छन् । पुरा पढौ

जनताले सुख र शान्ति पाएनन्, राजनीतिक दल र राजसंस्था सहकार्य गरौं– पूर्वराजा ज्ञानेन्द्र

ज्ञानेन्द्र शाह
काठमाडौं, ६ फागुन, पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्य गर्नु आवश्यक रहेको बताए । पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन,… पुरा पढौ

पुम्दिकोट विशाल महादेवको मूर्तिमा शिवरात्रीमा करिब १० हजार भक्तजन

पुम्दिकोट विशाल महादेव
पोखरा, ६ फागुन/ पोखरा २२ पुम्दिकोटमा रहेको विशाल महादेवको मूर्ति दर्शन सहित पुजा गर्नका लागि शनिबार करिब १० हजार भक्तजन पुगेका छन् । पुम्दिकोट पुगेका भक्तजनले २ सय १६ शिव लिंग र शिवमन्दिरमा पुजा गर्नुका साथै दुध चढाएर पुजाअर्चना गरेका छन् । विहान ७ बजे देखी साझँ ५ बजे सम्म करिब १० हजार जना भक्तजन आएको विशाल महादेव मूर्ति निर्माण समितिका सहसचिब प्रकाश बरालले बताए । पोखराको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटमा शिवरात्रि पर्वको अवसरमा विशेष पूजा गरे । विशाल महादेवको… पुरा पढौ