ठगी आरोपमा पोखरामा व्यवसायी पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन २३ गते २०७९ मा प्रकाशित


हत्गढी

पोखरा, २३ फागुन/ उपचारको नाममा ठगी गरेको भन्दै पोखरामा एक व्यवसायी पक्राउ परेका छन् । टिकटक लाईभबाटै सबै रोग निको पार्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा पोखराका व्यवसायी भरत केसी पक्राउ परेका हुन् ।

केसीले सिमान्त गुरु नाम गरेका गुरुले टिकटक लाईभबाटै जुनसुकै रोगको उपचार गर्ने भन्दै सेवाग्राहीबाट जनही एक हजार रुपैयाँ असुलेको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीको टोलीले उनलाई पोखरा–१७ स्थित पावरहाउस रिसोर्टबाट पक्राउ गरेको हो ।
रिसोर्टमा ७५ जनाभन्दा बढी सेवाग्राहीको सहभागिता प्रहरीको भनाई छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।