
अष्ट्रेलियामा पोखराका खेलाडी राजु गोदारको निधन
पोखरा, २१ फागुन/ अष्ट्रेलियाको पर्थ नजिकै पोखराका सिनियर क्योकुसिन खेलाडी राजु गोदारको दुर्घटनामापरि निधन भएको छ । पोखरा १७ घारीपाटनका राजु गोदार ९ वर्षपहिले गएका थिए ।
उनको तीन महिना पहिले निधन भएपनि परिवारलाई दुतावासले केही दिन पहिले मात्रै खबर गरेको हो । राजुको निधन भएको खबर फागुन १ मात्रै आए पछि परिवारलाई थाहा भएको राजुका दाजु दिपक गोदारले बताए ।
उनले आफ्नो भाई हो कि होइन भनेर सोध खोज्न दुई हप्ता लाग्यो । अस्ट्रेलियामा रहेका आफ्न्त र एनआरएनए अस्ट्रेलियाका प्रतिनिधीले अस्ट्रेलिया मै फागुन १४ गते दाहा संस्कार गरे बताए ।
दुर्घटना परेको एक हप्तामा अस्ट्रेलिया सरकारले नेपालको राजदुताबासलाई जानकारी दिएको भए पनि नेपाली राजदुताबास तीन महिना पछि मात्रै आफुहरुलाई जानकारी दिएको गोदारले बताए ।
‘अहिले प्रविधिले भर्खरको भर्खर जानकारी दिन सकिन्छ,’ गोदारले भने ‘मृत्यु भएको तीन महिनापछि मात्रै जानकारी दिने हाम्रो दुताबासँ कस्तो ?’ राजु गोदारका श्रीमती, एक छोरा र एक छोरी छन् ।





