समाचार

पोखराको मानब सेवा आश्रममा महिला मृत फेला

पोखरा, १४ माघ/ कास्की महत गौडा घर भई छोरेपाटनन स्थित मानव सेवा आश्रममा बस्दै आएकी एक महिला मृत फेला परेकी छन् । ४७ बर्षिय लक्ष्मी साही ठकुरी आफु सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ । प्रहरीको टोलीले घटनाको विषयमा थप अनुसन्धान गरी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पुरा पढौ

मेयरसँग विद्यार्थी अन्तर संवादः प्राविधिक शिक्षा एका तर्फ ज्ञान अर्को तर्फ

मेयरसँग विद्यार्थी अन्तर संवादः प्राविधिक शिक्षाका एका तर्फ ज्ञान अर्को तर्फ
पोखरा, १२ माघ/ पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था.संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका छन् । कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय… पुरा पढौ

मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्

गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्
पोखरा, १२ माघ/ गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन् । आज बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गरेका छन् । त्यसैगरि आर्थिक ऐन, नियम… पुरा पढौ

पोखरामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु

दुर्घटना
पोखरा, ११ माघ/ पोखरा महानगरपालिका ३३ चवादी स्थित भित्री कच्ची सडकमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पोखरा ३३ को चौगादीबाट सुरौदी तर्फ जादै गरेको ग १ त ६६६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टदा ट्याक्टरमा सवार सोही ठाँउका ६३ बर्षिय नलप्रसाद लामिछानेको मृत्यु भएको छ । पल्टिएको ट्याक्टरले च्याप्पिएर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । घाइते लामिछानेको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा… पुरा पढौ

संघियता र रणनीतिक योजनाको कार्यन्वयनमा लाग्न मन्त्री चुमानको र्निर्देशन

संघियता र रणनीतिक योजनाको कार्यन्वयनमा लाग्न मन्त्री चुमानको र्निर्देशन
पोखरा, ११ माघ/ गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरि बहादुर चुमानले पदभार ग्रहण गनुभएको छ । सो क्रममा उहाँले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमा लाग्न सबैखालका प्रयासमा साथ दिन आग्रह गर्नुभएको छ । अहिलेको कार्यभार भनेको संघियताको पुर्ण कार्यन्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उहाँले कर्मचारीलाई र्निदेशन दिनुभएको छ । योजनाको बर्गिकरण गरी संघ प्रदेश र स्थानिय तहको कार्यबिभाजन बिना परिणाम नआउने भएकाले योजना बर्गिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले… पुरा पढौ

गण्डकी प्रदेशमा को को बने मन्त्री ?

पोखरा, १० माघ १. मुख्यमन्त्री तथा मन्त्रिपरिषद् (बैठक, प्रशासन र शासकीय सुधार) खगराज अधिकारी २. आर्थिक मामिला (अर्थ, सहकारी, गरिबी निवारण, भूमि व्यवस्था) सिता कुमारी सुन्दास ३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय (शान्ति सुरक्षा, विपद् व्यवस्थापन, समारोह व्यवस्थापन, सञ्चार, प्रदेश सभा मामिला तथा कानुन) रोशन बहादुर गाहा ४. भौतिक पूर्वाधार विकास तथा यातयात मन्त्रालय (भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात) हरिबहादुर चुमान ५. सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय (शिक्षा, संस्कृति, विज्ञान प्रविधि, श्रम, रोजगार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा… पुरा पढौ

पोखरामा जुम्ल्या भेला, संयोजकमा रामचन्द्र र लक्ष्मण बराल

पोखरामा जुम्ल्या भेला, संयोजकमा रामचन्द्र र लक्ष्मण बराल
पोखरा, १० माघ/ पोखरामा जुम्ल्याहरुको भेलाले तदर्थ समिति गठन गरेको छ । लायनस क्लब अफ पोखरा नर्सेजको संयोजनमा जुम्ल्याहरुको भेला भएको हो । तदर्थ समितिको संयोजकमा पोखराका रामचन्द्र र लक्ष्मण बरालको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यमा पोखरा १३ आर्वाका रामप्रसाद र लक्ष्मण प्रसाद बराल, पोखरा १४ का गंगा र जमुना सापकोटा, पोखरा १३ का पुष्पाञ्जली र प्रिती रानाभाट, संगम सुप्रिया र सविना रानाभाट, पोखरा १२ का हार्दिक र हर्षित दाहाल, पोखरा १६ का आर्दश र आदित्य सिग्देल… पुरा पढौ

गण्डकीमा एमालेबाट वेदबहादुर र रोशन, माओवादीबाट रेशम मन्त्री बन्ने

वेदबहादुर गुरुङ
पोखरा, १० माघ/ गण्डकी प्रदेशमा नेकपा एमालेबाट वेदबहादुर गुरुङ र रोशनबहादुर गाहा, माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्ने भएका छन् । वेदबहादुर कास्की १ (ख) र रोशन नवलपुर १ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यसै गरी माओवादीबाट म्याग्दीका रेशमा जुग्जाली मन्त्री बन्ने छन् । मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौंमा अध्यक्ष केपी ओलीलाई भेटे पछि मन्त्री हुने दुई जनाको नाम टुंगो लगाएका हुन् ।पहिलो १२ मन्त्रालय रहेको गण्डकीमा घटाएर ७ मन्त्रालय बनाएको छ । गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका… पुरा पढौ

बाजुरमा भूकम्प, केही घरमा क्षति

भूकम्प
धनगढी, १० माघ/ बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्रहरीले दिएको छ । बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको प्रहरीको भनाई छ । अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको प्रहरीको भनाई छ । पुरा पढौ

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने

त्रिभुवन पौडेल
पोखरा, ९ माघ/ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिएका हुन् । उनका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक बर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ । महासंघ गण्डकीले ५ लाख… पुरा पढौ