पोखरा महानगर र एडिबी बीच दिगो पर्यटनका लागि १५ वटा परियोजनामा सम्झौता (यस्ता छन् परियोजना)

-


     क्लिक गण्डकी     
     फागुन २७ गते २०७९ मा प्रकाशित


पोखरा महानगर र एडिबी बीच दिगो पर्यटनका लागि १५ वटा परियोजनामा सम्झौता

पोखरा महानगर र एडिबी बीच दिगो पर्यटनका लागि १५ वटा परियोजनामा सम्झौता

पोखरा, २७ फागुन/ पोखरा महानगरपालिका र एसियन डेभलपमेन्ट बैंक (एडिबी) बीच दिगो पर्यटन विकासका लागि विभिन्न १५ वटा परियोजनामा सम्झौता भएको छ ।

पोखराको पर्यटन विकासलाई दिगो बनाउने दीर्घकालीन योजना अनुसार परियोजना कार्यान्वयनका लागि एडिबीले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने छ । ३ वर्षभित्र सम्पन्न गर्ने गरी अरबौंको लागतमा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ ।

परियोजनाको कार्यान्वयनले पोखराको पर्यटनमा नयाँ आयाम थपिने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । गुणस्तरीय पर्यटन विकास महानगरपालिकाको प्रथामिकतामा रहेको भन्दै उहाँले विभिन्न दातृ निकायहरुको साथ र सहयोगले यसलाई मुर्त रुप दिने काम गरेको उल्लेख गर्नुभयो ।

सम्झौता भएका परियोजनाहरु

Firkekhola Corridor development project

Seti George at K.I. Singh Bridge

Botanical Garden Adjacent to Seti River

Panchase eco-development and access

Sarangkot Adventure Hill

Pokhara Entrance Park Development

Lakeside and urban core traffic Improvements

Bindabasini area street development

Electric vehicle infrastructure

Airport – Fewa Lake express way

Fewa Lake organic trail, bunds, beach

Green Pokhara, greening dense urban areas

Inter-lake cycle track

Begnas and Rupa Lake

High – speed Fewa – Begnas Connectivity



Tags: