समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल

सौय एयरलायन्स
पोखरा, १८ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । सौय एयरलायन्सको विमानले बुधबार राति काठमाडौं पोखरा उडान गरेको हो । सबै प्रक्रिया पूरा गरेर रात्रीकालिन उडानका लागि तयार रहेको विमास्थलमा रात्रिकालीन उडान सफल भएको विमानस्थलले जनाएको छ । काठमाडौंबाट ३३ यात्रु बोकेर आएको सौर्य को ९ एन–एएमई जेट इन्जिन जहाज राति ८ः४५ बजे सफल अवतरण गरेको हो । पोखरा अवतरणपछि विमान राति नै ४६ जना यात्रु बोकेर पुन काठमाडौं गएको थियो । दिऊसो ३ः१५ बजेको उड्नु पर्ने… पुरा पढौ

नगर विकास कोषको सञ्चालक समिति सदस्यमा पोखराका हिक्मतजंग कार्की

हिक्मतजंग कार्की
पोखरा, १७ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हिक्मतजंग कार्की नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्रिस्तर निर्णयबाट कार्की नगर विकास कोषको सञ्चालक समितिमा नियुक्त भएका हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका स्थायी घर पोखरामा बसोबास गर्दै आएका छन् । दुई वर्षका लागि नगर विकास कोषको सञ्चालक समितिमा नियुक्ति दिइएको हो । बोर्डको सदस्यमा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य पनि सदस्य छन् । नगर विकास बोर्डको सदस्यमा नियुक्त भएका कार्की अहिले… पुरा पढौ

विमान दुर्घटनाः दिवंगतको ४५ दिनको पुण्य तिथीमा विषेश धार्मिक पुजा

विमान दुर्घटनाः दिवंगतको ४५ दिनको पुण्य तिथीमा विषेश धार्मिक पुजा
पोखरा, १७ फागुन/ यति एयर लाइन्सको विमान दुर्घटनामा दिवंगत हुनुभएका महानुभावहरुको ४५ दिनको पुण्य तिथीमा विषेश धार्मीक कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिकाको आयोजना तथा मुक्तिनाथ सन्त सेवा आश्रम र राष्ट्रिय परोकार महासंघको व्यवस्थापनमा दुर्घट्ना स्थलको पुर्वी मोहडा वडा ७ को भागमा विशेष धार्मीक कृत्य सम्पन्न गरिएको हो । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज जिको विशेष उपस्थितीमा दिवंगत आत्माहरुको मुक्तिका लागि विशेष कार्यक्रम गरिएको हो । दिवंगत आत्माहरुको मुक्तिको लागि, उद्धारको लागि र कल्याणको लागि… पुरा पढौ

अध्यागमन विभागको महानिर्देशकमा सहसचिव झलकराम अधिकारी

झलकराम अधिकारी
पोखरा, १६ फागुन/ नेपाल सरकारका सहसचिव झलकराम अधिकारीले अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट केही समय अगाडि गृहमा सरुवा भएका अधिकारी अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भन्दा अगाडि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर काम गरेका छन् । अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख, सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव लगायत पदमा रहेर काम… पुरा पढौ

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा
पोखरा १६, फागुन/ गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष पौडेलको ४५ दीनको पुण्य तिथीमा ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित श्रद्धान्जली सभामा वोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन्। पत्रकार पौडेलको स्मृतिमा आफुहरुले ४५ दीनको पुण्य तिथीमा श्रद्धान्जली सभाको आयोजना गरी उहाँको परिवारजनसंगै उक्त कार्यक्रम गरिएको ब्रह््रकुमारी इश्वरीय… पुरा पढौ

ढल्किएको ताल बाराही मन्दिर पुननिर्माणका लागि क्षमा पुजा

ताल बाराही मन्दिर
पोखरा, १६ फागुन/ पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ । सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए । भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछी मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुन निर्माणमा जुटेको हो । तालबाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस… पुरा पढौ

प्रा.डा. रविलाल अधिकारीको निधन

प्रा.डा. रविलाल अधिकारी
पोखरा, १६ फागुन/ प्राध्यापक डाक्टर रविलाल अधिकारीको मंगलबार निधन भएको छ । अधिकारी पृथ्वीनारायण क्याम्पसमा नेपाली विभागका प्रमुख भइ लामो समयसम्म प्राध्यापन गरेका थिए । गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघ लगायत विभिन्न साहित्यिक एवं सामाजिक संघसंस्थामा आबद्ध थिए । उनी समालोचकका रुममा बढि चर्चित थिए । उनी क्यान्सर सहित अन्न रोगबाट बिरामी अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । अधिकारी चार दिनअघि मात्र काठमाडौंमा उपचारपछि पोखरा फर्किएका थिए । पुरा पढौ

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने
पोखरा, १४ फागुन/ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतवार सूचना निकालेर फागुन १८ गतेदेखि २७ गतेसम्म दिनको चार घण्टा सडक बन्द गर्ने जानकारी गराएको हो । सडक राति १२ बजेदेखि बिहानको ४ बजेसम्म बन्द हुने छ । पृथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली, पुल र डाइभर्सन बनाउने लगायतका कामहरू भइरहेको छ… पुरा पढौ

पोखराको यातायात प्रणाली विकासका लागि महानगर र कोरिया बिच सम्झौता, यस्तो छ योजना

पोखराको हरित यातायात प्रणाली विकासका लागि महानगरपालिका र कोरिया बिच सम्झौता, यस्तो छ योजना
पोखरा, १४ फागुन/ पोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसअघि नै पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेका कोरियाली रेलमार्ग अनुसन्धान संस्थानका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १… पुरा पढौ

पल शाहलाई उच्च अदालत पोखराले सफाइ दियो, भोलि रिहा हुने

पल शाह
पोखरा, १४ फागुन/ बाल यौन दुरुपयोगको मुद्दामा जेलमा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र सोमबार रिहा हुने बताए । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । फैसलाविरुद्ध सरकारी वकिल… पुरा पढौ