दुर्गा बराल वास्यायनको रथारोहण आज

-


     क्लिक गण्डकी     
     चैत्र ४ गते २०७९ मा प्रकाशित


दुर्गा बराल वास्यायन

दुर्गा बराल वास्यायन

पोखरा, ४ चैत/ पोखरेली युवा सांस्कृतिक परिवार, पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण आज गर्दै छन् । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने गर्ने दिन पारेर बरालको अभिनन्दन गर्न लागिएको हो ।

बरालले नेपाली चित्रकारितामा दिएको योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित गर्दै थुप्रै अनुजहरुलाई सिकाएका छन् ।

बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएको अध्यक्ष पौडेले बताए । व्यंग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा विशिष्ट योगदान पु¥याएको पौडेलले बताए ।

पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किएका कलाकार बराल रहेको पौडेलले बताए । उनलाई पोखरा नदिपुर उनकै निवासबाट रथारोहण गर्दै बगर, ट्याक्सीचोक, बागबजार हुदै विन्ध्यवासीनि मन्दिरमा सम्मान समारोह हुनेछ ।



Tags: