देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना

-


     क्लिक गण्डकी     
     चैत्र ४ गते २०७९ मा प्रकाशित


चट्याङ

चट्याङ

पोखरा, ४ चैत/ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका मेघ गर्जन र चट्याङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै भोलि आइतबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आँशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

२०७९ चैत ४ गते (शनिबार) 

दिउँसोː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

रातीː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ५ गते (आइतबार) 

दिउँसोː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

रातीː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

२०७९ चैत ६ गते (सोमबार) 

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।   

रातीː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको  एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।   

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/ हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग र  हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनु हुन अनुरोध छ ।



Tags: