पोखरामा नगरबसले ठक्कर दिदा युवतीको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र ३ गते २०७९ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, ३ चैत/ पोखराको चिप्लेढुंगामा शुक्रबार बिहान नगरबसको ठक्करले एक युवतीको मृत्यु भएको छ ।

चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका ४ घर भई पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

कार्कीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बस चलाकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखेको छ ।



Tags: