दुर्गा बराल वास्यायनको रथारोहण सहित नगारिक अभिन्दन

-


     क्लिक गण्डकी     
     चैत्र ४ गते २०७९ मा प्रकाशित


दुर्गा बराल वास्यायनको रथारोहण सहित नगारिक अभिन्दन

दुर्गा बराल वास्यायनको रथारोहण सहित नगारिक अभिन्दन

पोखरा, ४ चैत/ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहण सहित नागरिक अभिनन्दन गरेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा दर्जन बढि संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहण सहित नागरिक अभिनन्दन गरे ।

वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने गर्ने दिन पारेर बरालको अभिनन्दन गरेको हो ।

अभिन्दन कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कलाकार बरालको जीवनीबारे जानकारी दिदै बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएको बताए ।

दुर्गा बराल वास्यायनको रथारोहण सहित नगारिक अभिन्दन
दुर्गा बराल वास्यायनको रथारोहण सहित नगारिक अभिन्दन

पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किएका कलाकार बराल रहेको पौडेलले बताए । १९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा जन्मिएका बराल ८० वर्ष पूरा भएका छन् । नेपाली कला क्षेत्रमा लामो समय योगदान पु¥याएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । सम्मान समारोहमा कला र उनका बारेमा सरु भक्त, इश्वरमणि अधिकारी लगाएतका साहित्यकारहरुले कविता मार्फत सम्झे ।

बरालले नेपाली चित्रकारितामा दिएको योगदानको कदरस्वरुप रथारोहण सहित सम्मान गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित गर्दै थुप्रै अनुजहरुलाई सिकाएका उनको भनाई छ ।

बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएको अध्यक्ष पौडेले बताए । उनका चार ओटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन् ।



Tags: