समाचार

सरकारले भुक्तानी दिननसक्दा निर्माण व्यवसायी मर्कामा– अध्यक्ष सिंह

सरकारले भुक्तानी दिननसक्दा निर्माण व्यवसायी मर्कामा– अध्यक्ष सिंह
पोखरा, २९ माघ/ नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले पछिल्लो समयको आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानीको सामर्थ नरहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औ साधारण सभाको उद्घाटन गर्दै सिंहले निमार्ण व्यवासयीले निमार्ण सम्पन्न गरेका योजनाहरुको सरकारले भुक्तानी गर्न नसकेको बताए । उनले सरकारलाई जतिसुकै खबरदारी गरेपनि, जतिसुकै सचेत गराएपछि सरकारले भुक्तानी गर्न सक्ने अवस्थामा नरहेको बताए । उनले सरकारले लक्ष्य अनुसार राजश्व उठाउन नसकेको, साधारण खर्च गर्न पनि हम्मे हम्मे परेको र विदेशबाट आउन… पुरा पढौ

पोखराको लेकसाइड सेन्टरको भवनमा ठुलो आगलागि

पोखराको लेकसाइड कर्नरको भवनमा आगलागि
सागर राज तिमिल्सिनापोखरा, २८ माघ/ पोखरा महानगरपालिका हल्लनचोक नजिएकको एक भवनमा आगलागि हुदाँ ठुलो क्षती भएको छ । हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आगलागि भएको हो । आगलागिबाट सेलवेज डिपार्टमेण्टल स्टोर्स, हिमालयन जाभाको स्टोर्स र अन्य टे«किङ पसलको गोदाममा आगालागि भएको हो । करिब ५ बजे भएको आगाली नियन्त्रणका प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले दमकल र पानी ट्रयाङकरको साहेताले आगलागि नियन्त्रणका लागि प्रयास जारी रहेको… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन ११ देखी रात्रिकालीन उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २७ माघ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं पोखरा रात्रिकालीन उडानको तयारी भएको छ । फागुन ११ गते अथार्त २३ फेब्रुअरी रातिदेखि नयाँ विमानस्थलबाट जहाजहरूले रात्रिकालीन उडान र अवतरण गर्न सक्ने विमानस्थल प्रमुख विक्रमराज गौतमले जानकारी दिए । उनका अनुसार सो दिनदेखि उपकरणमा आधारित उडान र अवतरण सेवा विमानस्थलमा सञ्चालनमा आउने छ । विमानस्थल उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र… पुरा पढौ

‘तथ्यांक सहि नहुँदा सरकारी सेवाबाट बन्चित भयौँ’

तथ्यांक सहि नहुँदा सरकारी सेवाबाट बन्चित भयौँ
पोखरा, २७ माघ/ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहँुदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन । नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरकारबाट समान व्यवहार तथा पहिचान पाउन नसकिएको बताएका हुन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहि तथ्यांक नहुँदा आरक्षणको अधिकार, राष्ट्रिय बजेट विनियोजनदेखि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा समेटिन नसकेको समाजका कार्यकारी निर्देशक मनिषा ढकालको भनाइ छ । ‘अल्पसंख्यक समुदायमा सुचिकृत हुन सकेमा धेरै सेवा सुविधा प्राप्त गर्न सकिन्थ्यो,… पुरा पढौ

गण्डकी प्रदेशमा बिनियोजन ऐन संशोधन विधेयक पारित, रकमान्तरको बाटो खुल्यो

गण्डकी प्रदेशसभा
पोखरा, २७ माघ/ गण्डकी प्रदेशसभाले बिनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बेनको विधेयक शुक्रबार सर्वसम्मत पारित गरेको छ । अघिल्लो सरकारले ल्याएको बजेट र योजना हेरफेर गर्न सरकारले ऐन संशोधन गरेर रकमान्तर गर्ने बाटो खुलेको हो । अघिल्लो विधेयकमा चैतमा मात्रै रकमान्तर गर्न पाइनेलाई संशोधन गरेर फागुनमा नै रकमान्तरको बाटो खुलेको छ । संशोधन विधेयक आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले २० माघको बैठकमा प्रस्तुत गरेकी थिइन् । त्यसपछि २४ माघमा सैद्धान्तिक छलफल भएको थियो । दफावार छलफलपछि संशोधन विधेयक आज… पुरा पढौ

लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारी

पोखरा, २७ माघ/ पोखराको लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारीका लागि छलफल भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारीका लागि छलफल भएको हो । तर त्यसका लागि पर्यटन व्यवसायी आचारसंहिताको पालना गनुपर्ने हुन्छ । चौविसै घण्टा खोल्नुअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रोहवरमा सर्वदलीय/सर्वपक्षीय शुक्रबार बैठक बसेर आचारसंहिता बनाईने बताइएको छ । पर्यटन व्यवसायीहरुले प्रहरीले दश नबज्दै होटल/रेष्टुरेण्ट बन्द गर्न निर्देशन दिने, लेकसाईड प्रवेशका नाकाहरुमा मादक… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा उमा भण्डारी

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा उमा रेग्मी
पोखरा, २७ माघ/ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उमा रेग्मी भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको निवर्तमान अध्यक्षमा पार्वता पाण्डे, संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष ममता न्यौपाने, महासचिव लक्ष्मी लामिछाने, सचिव बालकुमारी न्यौपाने, कोषाध्यक्ष शारदा भुजेल र सहकोषाध्यक्ष रीता रेग्मी पौडेल (मुना) छन् । सदस्यहरुमा सरिता शर्मा, कान्ति अधिकारी, माया सुवेदी, भावना रानाभाट, सुशीला भण्डारी, लक्ष्मीदेवी तिमिल्सिना, मञ्जुकुमारी शर्मा भट्टराई, मञ्जु काफ्ले, विष्णुमाया शर्मा सुवेदी र विकल्प बोगटी छन् ।… पुरा पढौ

मानवसेवा आश्रम भवनका लागी युनाइटेड क्लव पोखरा द्धारा १ लाख रुपैया प्रदान

मानवसेवा आश्रम भवनका लागी युनाइटेड क्लव पोखरा द्धारा १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान
पोखरा, २६ माघ/ मानव सेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ । कास्कीको हेम्जामा निर्माणाधिन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा पुगी भवन निर्माणको सहयोग स्वरुप सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उक्त रकम हस्तान्तरण गरेको हो । भवन निर्माण स्थलमा जारी महायज्ञमा क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले महायज्ञका प्रमुख बाचक भागवत भास्कर कमलनयन गौतमलाई नगद १ लाख ११… पुरा पढौ

पोखराको पृथ्वीचोकस्थित चाइनापुलमा बसको ठक्करबाट युवतीको ज्यान गयो

दुर्घटना
पोखरा, २६ माघ/ पोखरामा पृथ्वीचोकस्थित चाइनापुलमा बिहीबार भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ ।पृथ्बीचोकस्थित चाइनापुलमा बसले स्कुटरलाई ठक्कर दिंदा पोखरा २६ बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको ज्यान गएको हो । बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिएदुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपालीलाई पक्राउ गरी… पुरा पढौ

पार्किङ व्यवस्थापन जित र हारको विषय होइनः प्रमुख आचार्य

पार्किङ व्यवस्थापन जित र हारको विषय होइनः प्रमुख आचार्य
पोखरा, २४ माघ/ पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पार्नुभयो । ‘पोखराको मुख्य क्षेत्रबाट सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, सहर सुन्दर हुनै पर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो । सबैले समन्वय गरेर यसलाई कार्यान्वयन… पुरा पढौ