दुर्गेश थापाले कुटेको भन्दै प्रहरीमा उजुरी

-


     क्लिक गण्डकी     
     चैत्र १३ गते २०७९ मा प्रकाशित


दुर्गेश थापा

दुर्गेश थापा

काठमाडौं, १३ चैत/ गायक तथा मोडल दुर्गेश थापा विरूद्ध प्रहरीमा उजुरी परेको छ ।

पिकनिक जाँदा थापाले कुटेको भन्दै थापाविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए ।

थापाविरूद्ध आइतबार ठाडो निवेदन परेको हो । पिकनिकमा जाँदा दुर्गेश थापाले कुटेको भन्दै उजुरी दिएको भट्टले बताए । मंगलबार दुबै पक्षलाई महाराजगञ्जमा बोलाएर छलफल गर्ने प्रहरीको तयारी छ ।



Tags: