समाचार

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ के को प्रथम सम्मेलन शनिबार पोखरामा

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ के को प्रथम सम्मेलन शनिबार पोखरामा
पोखरा, ३ चैत/ लायन्स क्लब इन्टरन्यासनल २२५ के को प्रथम वार्षिक सम्मेलन चैत ४ गते शनिबार पोखरामा हुने भएको छ ।पोखरा सभागृहमा हुने सो सम्मेलनमा देशभरका करिब १५ सय लायनहरुको सहभागिता रहने क्लबका गनर्भन राजेन्द्रकुमार बाटाजूले बताए । उनका अनुसार वार्षिक सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नेछन् । लायन्स क्लबका सदस्यहरुको लागि वार्षिक सम्मेलन महान पर्व भएको बताउँदै उनले सम्मेलनको सम्पूर्ण तयारी करिब पूरा भएको बताए । ‘सम्मेलनको सबै तयारी सकिएको, सहभागी सदस्य र अतिथिज्यूहरु पोखरा आउने क्रम… पुरा पढौ

पोखरामा नगरबसले ठक्कर दिदा युवतीको मृत्यु

दुर्घटना
पोखरा, ३ चैत/ पोखराको चिप्लेढुंगामा शुक्रबार बिहान नगरबसको ठक्करले एक युवतीको मृत्यु भएको छ । चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका ४ घर भई पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । कार्कीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बस चलाकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखेको छ । पुरा पढौ

२०८० सालमा सार्वजनिक बिदा (सूचीसहित)

पोखरा, ३ चैत/ सरकारले २०८० सालमा देशभर लागू हुने गरी सार्वजनिक विदा किटान गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको छ । शनिबार सहित ८७ दिन सबैलाई बिदा हुने छ भने समुदाएकालाई अझ बढि हुनेछ । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवसको विदा पनि कायम गरेका छ । देशभर लागू हुने… पुरा पढौ

मध्यपहाडी राजमार्गः पोखराको लामाचौर, बाटुलेचौर क्षेत्रका स्थानीय आन्दोलनमा

मध्यपहाडी राजमार्गः पोखराको लामाचौर, बाटुलेचौर क्षेत्रका स्थानीय आन्दोलनमा
पोखरा, २ चैत/ राष्ट्रिय गौरवको आजोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखराको भैंसे–ज्याम्दु देखि जौबारी–याम्दीपुलसम्मको सडक स्थानीको विरोधपछि निर्माण कार्य रोकीएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थानीयले आफ्नो घरबार नै उठ्ने गरी जानकारी नदिइ राजमार्ग बनाउन रेखाङ्कन गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । स्थानीयको आन्दोलनपछि मध्येपहाडी राजमार्ग योजना कार्यालयल कुश्म, पर्वतले वडा कार्यालय १६ लाई पत्रचार गरी विवाद समाधान भएपछी मात्र निर्माण कार्य अघि बढ्ने व्यहोराको पत्र पठाएर बुधबार देखी काम रोकिएको हो । मध्यपहाडी राजमार्गको भैंसे–ज्याम्दु–मेलबोट–पानीघाट–आंटीघर–अर्मलाकोट–कालीखोलापुल–अमलाबिसौनी–लामाचौर–जौबारी–याम्दीपुलसम्मको निर्माण… पुरा पढौ

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते
पोखरा, १ चैत/ पोखरा महानगरपालिका १८ भकुण्डेमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । कालिज फार्ममा मंगलबार राति चितुवा पसेको चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट कास्कीको रुपा गाउँपालिका ४ बस्ने २८ बर्यीयका श्रीकृष्ण मल्ल ठकुरी र २३ बर्यीय राजेश तिमिल्सिना घाइते भएका छन् । चितुवा फार्मबाट बाहिर निस्कने क्रममा उनीहरुलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए । उनीहरुको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको उनले जानकारी… पुरा पढौ

‘डिजिटल मार्केटिङ’ र कोरला नाका प्रवद्र्धनमा टेवान

‘डिजिटल मार्केटिङ’ र कोरला नाका प्रवद्र्धनमा टेवान
मुस्ताङ, ३० फागुन / फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस । मुस्ताङका यी उत्पादन जिल्लामै खपत हुन्छन् । यी उत्पादनलाई जिल्ला बाहिर प्रवद्र्धन गर्न मुस्ताङका महिला उद्यमीले चासो दिएका छन् । बजारीकरणका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको चार दिवसीय कार्यक्रम अन्तर्गत टेवानले मुस्ताङका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ सम्बन्धी तालिम प्रदान ग¥यो । फागुन २४ मा पहिलो दिन म्याग्दीको बेनी नारी दिवसका अवसरमा आयोजित अन्तरक्रियामा सहभागी भएर… पुरा पढौ

कास्की कारागारलाई आन्तरिक मामिला मन्त्रालयको २० लाख

कास्की कारागारलाई आन्तरिक मामिला मन्त्रालयको २० लाख
पोखरा, ३० फागुन/ गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले कारागार तथा कैदीबन्दीको अवस्था र समस्या बारे बुझ्न सोमबार निरीक्षण गर्ने क्रममा भौतिक संरचना मर्मत संभार गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो । उहाँले उक्त बजेटबाट कारागारको भौतिक संरचना मर्मत तथा संभार तथा व्यवस्थापनमा खर्चिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री गाहामगरले सो बजेटबाहेक खेलकुदका समाग्री तथा लाइब्रेरीका लागि पुस्तक तथा ट्रिपाल उपलब्ध गराउने प्रतिबद्धता… पुरा पढौ

पोखराको लेकसाइडमा दुर्घटना

दुर्घटना
पोखरा, २९ फागुन/ पोखरा महानगरपालिका ६ लेकसाइडको डिहिकोपाटनमा दुर्घटना भएको छ । ग२०प ४२०५ को मोटरसाइकल र ग२३प ३२२९ नम्बरको स्कुटर दुर्घटनाहुदाँ दुई जना घाइते भएका छन् । दुई जना मध्ये एक जना गम्भीर घाइते छन् । उनको मेट्रो सिटि अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ भने एउटा हात भाचिएको छ । उनी बारेमा सबै कुरा खुलिनसकेको प्रहरीले जनाएको छ । पुरा पढौ

महानगर स्थापना दिवसः २६ जना कर्मचारीलाई दिर्घसेवा, कडरिया वर्षकै सर्वोत्कृष्ट कर्मचारी सम्मान

महानगर स्थापना दिवसः २६ जना कर्मचारीलाई दिर्घसेवा, कडरिया वर्षकै सर्वोत्कृष्ट कर्मचारी सम्मान
पोखरा, २८ फागुन/ पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिनुभयो । “संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ, नगरपालिकाले नीति बनाउन सक्छ, त्यो नीतिलाई कार्यान्वयन गर्न पाउँछ, प्रमुख गुरुङले भन्नुभयो, नगरपालिकाको कोष बढाउनका लागि कर लगाउने अधिकार पनि दिएको छ, त्यस कारण जनप्रतिनिधि जनताले… पुरा पढौ

पोखराको काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाको डिजाइनिङ यस्तो

पोखराको काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाको डिजाइनिङ यस्तो
पोखरा, २८ फागुन/ पोखरा महानगरपालिका–११ काँहुडाँडामा निर्माणाधीन धर्मकाया बुद्धमण्डला निर्माणको अन्तिम डिजाइनिङ तयार भएको छ । डिजाइनिङको अन्तिम डिजाइन बारे क्याथरिन (सिंगापुर) ले जानकारी दिएको छ । काँहुडाँडामा १७८ रोपनी क्षेत्रफलमा करिब सात अर्बको लागतमा बुद्ध जीवनीका हरेक पक्ष समेट्ने संरचना सहित विशाल बुद्धको मूर्ति स्थापना गर्ने डिजाइनमा उल्लेख छ । बुद्ध मण्डला निर्माणका लागि स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समितिले १७० रोपनी जग्गा प्रदान गरेको छ भने छ रोपनी क्षेत्रफलको जग्गा समितिले खरिद गर्नाका साथै दुई रोपनी भूमि दान… पुरा पढौ