सिक्किम हिमपहिरोमा परेर ३ जना नेपालीको मृत्यु, ३ जना घाईते

-

     क्लिक गण्डकी     
     चैत्र २२ गते २०७९ मा प्रकाशित

सिक्किम हिमपहिरोमा परेर ३ जना नेपालीको मृत्यु, ३ जना घाईते

सिक्किम हिमपहिरोमा परेर ३ जना नेपालीको मृत्यु, ३ जना घाईते

सिक्किम, २२ चैत/ सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ । तीन जना नेपाली सहित १२ जना भन्दा बढि घाइते भएका छन् ।

चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ हिमपहिरोमा परेर मृत्यु भएको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतका रहेका छन् ।

हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका प्रहरीको रहेको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।

Tags: