गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण बास्तोला

-


     क्लिक गण्डकी     
     चैत्र २१ गते २०७९ मा प्रकाशित


गुप्तेश्वर महादेव गुफा

गुप्तेश्वर महादेव गुफा

पोखरा, २१ चैत/ गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २७ औ साधारणसभा तथा १० औ अधिवेशनले लक्ष्मण बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा युवराज लामिछाने र इश्वरी प्रसाद लम्साल, सचिव हरी प्रसाद लम्साल, सहसचिव ऋषिराम बराल, कोषाध्यक्षमा राजन अधिकारी र सहकोषाध्यक्षमा विजयराज आचार्य निर्वाचीत भएका छन् ।

त्यसै गरी सदस्यहरुमा खेमराज बराल, कृष्ण प्रसाद पोख्रेल, विजय पौडेल, ऋतुनाथ लम्साल, दिपकराज बराल र सरस्वती के सी कार्की रहेका छन् ।



Tags: