समाचार

पोखराको लेखनाथमा बस खोलामा खस्यो

पोखराको लेखनाथमा बस खोलामा खस्यो
पोखरा, ७ फागुन/ पोखरा महानगरपालिका वडा २६ डाडानाक प्रहरी चौकी नजिकै बस दुर्घटना भएको छ । लेखनाथ माईक्रोको ६७४७ नम्बरको बस प्रहरी चौकी नजिक खोलामा खसेको हो । घाइतेहरुको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । बसमा अधिकांश पोखरा विश्वविद्यालयबाट फर्किदै गरेका विद्यार्थीहरु रहेको छन् । पुरा पढौ

जनताले सुख र शान्ति पाएनन्, राजनीतिक दल र राजसंस्था सहकार्य गरौं– पूर्वराजा ज्ञानेन्द्र

ज्ञानेन्द्र शाह
काठमाडौं, ६ फागुन, पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्य गर्नु आवश्यक रहेको बताए । पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन,… पुरा पढौ

पुम्दिकोट विशाल महादेवको मूर्तिमा शिवरात्रीमा करिब १० हजार भक्तजन

पुम्दिकोट विशाल महादेव
पोखरा, ६ फागुन/ पोखरा २२ पुम्दिकोटमा रहेको विशाल महादेवको मूर्ति दर्शन सहित पुजा गर्नका लागि शनिबार करिब १० हजार भक्तजन पुगेका छन् । पुम्दिकोट पुगेका भक्तजनले २ सय १६ शिव लिंग र शिवमन्दिरमा पुजा गर्नुका साथै दुध चढाएर पुजाअर्चना गरेका छन् । विहान ७ बजे देखी साझँ ५ बजे सम्म करिब १० हजार जना भक्तजन आएको विशाल महादेव मूर्ति निर्माण समितिका सहसचिब प्रकाश बरालले बताए । पोखराको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटमा शिवरात्रि पर्वको अवसरमा विशेष पूजा गरे । विशाल महादेवको… पुरा पढौ

पोखरा सहित गण्डकीका विभिन्न ठाउँमा चोरी

चोरी
पोखरा, ६ माघ/ पछिल्लो समय गण्डकी प्रदेशका कास्की, स्याङया, गोरखा लगाएका जिज्लामा चोरीका घटना बढेका छन् । शुक्रबार राती पोखरामा रहेको राष्ट्रिय समाचार समितिको अफिस फोडेको छ । अफिसमा रहेका ढोका फोडेर दराजहरु फोडेको प्रहरीले जानकारी दिएको छ । अफिसका कागजपत्र यत्रतत्र छरेको भेटिएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी केही दिन अगाडी पोखरा १३ का संजयकान्त सिग्देलको घर फोडेर सुनका गहना र पैसा लगेको उनले बताए । त्यसै गरी माघ तेस्रो साता स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारी सहित… पुरा पढौ

वीर अस्पतालको कार्यकारी निर्देशकमा पोखराका डा सन्तोष पौडेल

डा सन्तोष पौडेल
पोखरा, ६ फागुन/ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई निर्देशकको जिम्मेवारी दिएका हुन् । डा पौडेल अर्थोपेडिक सर्जन हुन् । शुक्रबार पद वहाली गर्दै पौडेलले वीर अस्पतालमा बन्द रहेको बर्न वार्ड तीन महिना भित्र सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । वीर अस्पतालमा जलन सम्वन्धी उपचारका लागि छुट्टै बर्न वार्ड रहेपनि २०७२ सालको भूकम्पले पछि उपचार सेवा बन्द रहेको छ । डा.… पुरा पढौ

खानेपानीको उपलब्धतासँगै शुद्धतामा पनि जोड दिऔँः प्रमुख आचार्य

खानेपानीको उपलब्धतासँगै शुद्धतामा पनि जोड दिऔँः प्रमुख आचार्य
पोखरा, ६ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौर स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार रैकरमा शिलान्यास गर्नुभएको हो । खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताउनुभयो । “खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भन्नुभयो, अव यसको उपलब्धता मात्र होइन, यो… पुरा पढौ

अनेरास्ववियुको सचिवमा आशिर्वाद सुबेदी विजयी

आशिर्वाद सुबेदी
पोखरा, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा आशिर्वाद सुबेदी विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणा अनुसार सुवेदी बिजयी भएका हुन् । पुरा पढौ

अनिल सुबेदीलाई प्रदेश निजामती सेवा पुरस्कार

अनिल सुबेदी
पोखरा, ४ फागुन/ कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, पोखरामा अधिकृत अनिल सुवेदी प्रदेश निजामती सेवा पुरस्कारमा छनौट भएका छन् । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, पोखरामा अधिकृत सातौ तहमा कार्यरत सुबेदी गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा घोषणा गरेको हो । उनले नगद ५० हजार सहित सम्मानपत्र प्राप्त गर्ने छन् । पाँच वर्ष पुगेर ६ औं वर्षमा प्रबेश गरेको उपल्यक्षमा १० जना कर्मचारीलाई पुरस्कारका लागि छनौट गरेको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले १० जना कर्मचारीलाई पुरस्कार घोषणा गरेको… पुरा पढौ

पत्रकार पाठकलाई मातृशोक

नैनकुमारी पाठक
फागुन ४ पोखरा/ पत्रकार केशब पाठकलाई मातृशोक परेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले शोक व्यक्त गरेको छ । बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा भएको निधन प्रति मञ्चले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा भएको… पुरा पढौ

गण्डकी प्रदेश सरकारको उत्कृष्ट कर्मचारीमा मनमाया (अरु पुरस्कार कस कसलाई)

मनमाया भट्टराई पंगेनी
पोखरा, ४ फागुन/ गण्डकी प्रदेश सरकार गठन भएको पाँच वर्ष पुगेर ६ औं वर्षमा प्रबेश गरेको छ । बार्षिक उत्सवको अवसर पारेर प्रदेश सरकारले विषेश कार्यक्रम गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन ब्यवस्थासँगै स्थापित प्रदेशहरू केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा… पुरा पढौ