समाचार

रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

कृष्णा ताम्राकार
पोखरा, १० चैत/ वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो । लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएकी उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । उहाँको आज दाहसंस्कार गरिने जनाइएको छ । यो रेडियो नेपाल हो ।अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् । रेडियो नेपालबाट प्रसारण हुने यो सशक्त ध्वनी अब… पुरा पढौ

सेनाको संख्या सरकारले तोक्ने हो, बाहिरी व्यक्तिले हैनः प्रधान सेनापति शर्मा

सेनाको संख्या सरकारले तोक्ने हो, बाहिरी व्यक्तिले हैनः प्रधान सेनापति शर्मा
पोखरा, ९ चैत/ नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको बताएका छन् । उनले समय समयमा कसैको इशारामा बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्याका बारेमा टिप्पणी हुने गरेको बताउदै उनले नेपाली सेनाको संख्या कति आवश्यक पर्दछ भन्ने सरकारले निधारण गर्ने बताए । पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरमा बिहीबार प्रदेशस्तरीय भूतपूर्व सैनिक २०७९ सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ, यस्तो साइज यस्तो हुनुपर्छ, राइट साइजिङ यस्तो हो भन्दै… पुरा पढौ

पोखरामा बैशाख २ गतेदेखि अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल चयन
पोखरा, ९ चैत/ अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्षित गरि तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कास्की जिल्लामा रहेर अनलाईन सम्बद्ध पत्रकार, संचारकर्मीहरुलाई संघमा समेट्ने नीति अवलम्बन गर्ने निर्णय अनुसार नयाँ सदस्यता आह्वान गर्न निर्णय गरिएको अनलाईन पत्रकार संघ गण्डकीका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो… पुरा पढौ

पोखरामा ठुलो मात्रामा लागू औषध सहित १ जना पक्राउ

लागू औषध
पोखरा, ७ चैत/ जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १३ कुडहरबाट लागू औषध सहित १ जना पक्राउ गरेको छ । पोखरा १३ का ३० बर्षिय कृष्ण हमालको डेरा कोठाबाट लागू औषध डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुफिन २०७ एम्पुल गरी जम्मा ६२१ एम्पुल लागू औषध बरामद कास्की प्रहरीले जानकारी दिए छ । पक्राउ परेका हमाललाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिन… पुरा पढौ

पुतली बाजे अर्थात् कोलिन स्मिथ अस्पताल भर्ना

पुतली बाले अर्थात् कोलिन स्मिथ
पोखरा, ७ चैत/ कोलिन स्मिथ अर्थात् पुतली बाजे विरामी भएपछि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका छन् । केही समयको उपचार पछि घर फर्किएको उनी फेरी विरामी भएपछि अस्पताल भर्ना भएका हुन् । उनले पुरै जीवन नेपालमा रहेर पुतलीको खोज तथा अनुसन्धामा लगाएका छन् । यस्तो छ उनको योगदान बेलायतका कोलिन स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ नामबाट चिनिन्छन् । नेपालमा अध्यापन र पुतली संकलकका रुपमा ५७ वर्ष बिताएपछि पुतली बाजेले ३ वर्ष अगाडी नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए ।… पुरा पढौ

मध्यपहाडी राजमार्गः पोखराको लामाचौर, बाटुलेचौर क्षेत्रका स्थानीयको आन्दोलन जारी

पोखरा, ७ चैत/ राष्ट्रिय गौरवको आजोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखराको भैंसे–ज्याम्दु देखि जौबारी–याम्दीपुलसम्मको सडक स्थानीको विरोध जारी राखेका छन् । आन्दोलनकारीले पोखरा महानगरपालिका वडा नम्बर १६ को कार्यालय अगाडी विरोध जारी राखेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थानीयले आफ्नो घरबार नै उठ्ने गरी जानकारी नदिइ राजमार्ग बनाउन रेखाङ्कन गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मध्यपहाडी राजमार्गको भैंसे–ज्याम्दु–मेलबोट–पानीघाट–आंटीघर–अर्मलाकोट–कालीखोलापुल–अमलाबिसौनी–लामाचौर–जौबारी–याम्दीपुलसम्मको निर्माण कार्यको लागि ठेक्का व्यवस्थापन भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । स्थानीयले पोखरा १६ को वडा कार्यालयमा मंगलबार ताला… पुरा पढौ

एन्फा कास्कीका अध्यक्ष रन्जितलाई पितृ शोक

लक्ष्मण रन्जित
पोखरा, ७ चैत/ कास्की जिल्ला फुटबल संघ (एन्फा) का अध्यक्ष एवं पूर्व फुटबल खेलाडी उज्जल रन्जितलाई पितृ शोक परेको छ । पोखरा १० रामबजार निवासी रन्जितका बाबु लक्ष्मण रन्जितको ७९ बर्षको उमेरमा सोमबार बेलुका निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समय वन कार्यालयमा कार्यरत लक्ष्मण मृगौला रोगबाट प्रभावित थिए । उनको आज बिहान ९ बजे उनको निवास रामबजारबाटै शवयात्रा सहित अन्तिम दाहसंस्कार गर्ने स्थानिय सुर्दशन रन्जितले बताए । स्वर्गीय लक्ष्मणका १ श्रीमती, ३ छोरा, २ छोरी रहेका छने… पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेशसभामा पत्रकार बासुदेव मिश्र सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेशसभामा पत्रकार बासुदेव मिश्र सम्मानित
पोखरा, ६ चैत/ नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताए । उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए । उनले देशमा राजनैति अस्थिरताका कारण कुनैपनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको स्पष्ट पारे । ‘उद्योग व्यवसाय फस्टाउने… पुरा पढौ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल चयन

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल चयन
पोखरा, ६ चैत / अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् । संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बास्तोला छन् । संघको तेस्रो सधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै गण्डकी… पुरा पढौ

‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड

‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड
पोखरा, ५ चैत/ पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ । प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार अर्पण गर्नुभयो । पुरस्कार राशी रु २५ हजार एक रहेको छ । सोही अवसरमा पोखराका अग्रज पत्रकारहरु कोमलनाथ बराल, कुशुमकेशव पराजुली, नारायण भट्टराई,… पुरा पढौ