
सेती नदिको खोचमा खसेर बालिका बेपत्ता तस्बिरः प्रतिक सुनार
पोखरा, २ बैशाख/ पोखराको सेती नदिको खोचमा खसेकी बालिकाको साढे दुई घण्टा पछि उद्धार भएको छ ।
शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ बर्षिय स्मृती पराजुली खोचमा खसेकी थिइन् । उनलाई खसेको साढे दुई घण्टापछि प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एपि अजय केसीले जानकारी दिए । पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए ।
पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी थिइन् । प्रहरीको टोलीले उद्धार गरेर निकाले पछि अहिले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।





