पोखरा, २ बैशाख/ पोखराको सेती नदिको खोचमा खसेकी बालिकाको साढे दुई घण्टा पछि उद्धार भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ बर्षिय स्मृती पराजुली खोचमा खसेकी थिइन् । उनलाई खसेको साढे दुई घण्टापछि प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एपि अजय केसीले जानकारी दिए । पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए । पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी थिइन् ।…
पुरा पढौ