पोखरामा माइक्रोबसको ठक्करबाट एकको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र १७ गते २०७९ मा प्रकाशित


पोखरामा माइक्रोबसको ठक्करबाट एकको मृत्यु

पोखरामा माइक्रोबसको ठक्करबाट एकको मृत्यु

पोखरा, १७ चैत/ पोखरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।

ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल उपचारको क्रममा मृत भएको प्रहरीले जानकारी दिएको छ ।

केही दिन अगाडी पनि माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको थियो ।