समाचार

अष्ट्रेलियामा पोखराका खेलाडी राजु गोदारको निधन

अष्ट्रेलियामा पोखराका खेलाडी राजु गोदारको निधन
पोखरा, २१ फागुन/ अष्ट्रेलियाको पर्थ नजिकै पोखराका सिनियर क्योकुसिन खेलाडी राजु गोदारको दुर्घटनामापरि निधन भएको छ । पोखरा १७ घारीपाटनका राजु गोदार ९ वर्षपहिले गएका थिए । उनको तीन महिना पहिले निधन भएपनि परिवारलाई दुतावासले केही दिन पहिले मात्रै खबर गरेको हो । राजुको निधन भएको खबर फागुन १ मात्रै आए पछि परिवारलाई थाहा भएको राजुका दाजु दिपक गोदारले बताए । उनले आफ्नो भाई हो कि होइन भनेर सोध खोज्न दुई हप्ता लाग्यो । अस्ट्रेलियामा रहेका आफ्न्त र एनआरएनए अस्ट्रेलियाका… पुरा पढौ

एमाले अध्यक्ष ओलीलाई पूर्व सांसद विष्टको जवाफ, बुझेको सबै यथार्थ छैन, मुस्ताङमा विश्व विद्यालय आवश्यक

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व सांसद विष्टको जवाफ बुझेको सबै यथार्थ छैन, मुस्ताङमा विश्व विद्यालय आवश्यक
पोखरा, २१ फागुन/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टिका पूर्व सांसद ईन्द्र धारा विष्टले पढेको बुझेको सबै यथार्थ नहुने बताउदै जवाफ लेखेका छन् । गण्डकी प्रदेशका पूर्व सांसद विष्टले फेसबुकमा ओलीलाई सम्बोधन गर्दै मुस्ताङमा विश्व विद्यालय आवश्यक रहेको बताएका छन् । अध्यक्ष ओलीले भारतले चीनलाई लक्ष्त गरी मुस्ताङमा विश्व विद्यालय खोल्न लागेको भन्दै शनिबार एक कार्यक्रममा आलोचना गरेका थिए । मुस्ताङमा बिश्व कै सहज बौद्ध दर्शनको उच्च अध्ययन र अध्यापनको लागि विश्व विद्यालय आवश्यक रहेको विष्टले लेखेका छन्… पुरा पढौ

पोखरामा दुई बालक हराए, खोजी गर्न अपिल

पोखरामा दुई बालक बेपत्ता, खोजी गर्न अपिल
पोखरा, २१ फागुन/ पोखराबाट दुई बालक बेपत्ता भएपछि परिवार र कास्की प्रहरीले खोजी गर्न अपिल गरेको छ । पोखरा महानगरपालिका २६ आयुवेर्दिक मार्ग बस्दै आएका १३ वर्षीय मनिष शर्मा अघिल्लो शनिबारदेखि हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शर्मा फागुन १३ गते शनिबारदेखि बेपत्ता भएको र अहिलेसम्म फेला नपरेको परिवारले कास्की प्रहरीमा खोजी गरिदिन अनुरोध गरेका छन् । त्यसै गरी रुपन्देही कोटरी घर भई हाल पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने १२ वर्षीय कैलाश यादव फागुन १९ गते शुक्रबार देखि… पुरा पढौ

रत्नमानले ल्याए तीन भाषाको पुस्तक

रत्नमानले ल्याए तीन भाषाको पुस्तक
पोखरा, २१ फागुन/ शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्तले लोकार्पण गरे । २००८ मा लमजुङको करापुमा जन्मेर पोखराको रामघाटस्थित टप्स बोर्डिङ स्कुलका संस्थापक तथा प्रधानाध्यापकका रहेका गुरुङ करिब ४ दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, कास्की, नेल्टा कास्की र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष उनी हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष… पुरा पढौ

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी
पोखरा, २० फागुन/ प्रेस क्लब गण्डकीको प्रथम अधिवेशनले एकराज गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी ३ वर्षका लागि समितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरब त्रिपाठी, कोषाध्यक्ष राजु गिरी, सहसचिवमा दिपा पौडेल भण्डारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा आशिष पुरी र संकल्प ढुङ्गाना रहेका छन् । पुरा पढौ

फेवातालमा हावाहुरीले डुङ्गा पल्टिदा एक जनाको मृत्यु

फेवातालमा हावाहुरीले डुङ्गा पल्टिदा डुबेकाको उद्धार गर्दै गर्दा तालकिनरबाट हेर्दै ।
पोखरा, २० फागुन/ शनिबार दिऊसो हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना मृत्यु भएको छ । पोखरा १ बगरकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शनिबार साढे ४ बजेको समयमा चलेको हावाहुरीले तालमा डुंगा पल्टिए पछि उनको शसस्त्र प्रहरीका टोलीले उद्धार गरेको थियो । घाइतेको उद्धार पश्चात गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए । अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना… पुरा पढौ

फेवातालमा हावाहुरीले डुङ्गा पल्टियो

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २० फागुन/ फेवातालमा शनिबार दिऊसोको हावाहुरीले डुङ्गा पल्टिदा एक जना महिला डुबेकी छन् । उनको उद्धार गरेको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ । एउटा डुङ्गामा उनी मात्रै रहेको उनलाई शसस्त्र प्रहरीको टोलीले उद्धार गरेर लगेको थियो । उनको अहिले उपचार भईरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल पौडी खेलेर निस्किएका छन् । पुरा पढौ

पोखरामा मध्ये रातमा घरमा चोर पसेपछि

चोरी
पोखरा, १८ फागुन/ बिहीबार रातको करिब साढे ११ बस्दै थियो । पोखरा ७ शिवमार्गको एक घरमा चोर पसेछ । पल्लो घरको छिमेकीले चोर पसेको देखेपछि उनले वरपर चार तिरका घरका छिमेकीलाई फोन गरेर चोर परेको कुरा बताए । चार तिरबाट चोरपसेको घरलाई घेराहाले पछि चोर आएको सबैलाई हल्लाखल्ला गरे । टिनमुनि लुकेर बसेको चोरलाई पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् । कोही नभएको घरमा भ¥याङ हालेर चोर परेको थियो । केही दिन अगाडी पनि सोही घरमा तीन जना आएर चोरीको… पुरा पढौ

इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट पोखराका सुरज श्रेष्ठ पुरस्कृत

इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट पोखराका सुरज श्रेष्ठ पुरस्कृत
पोखरा, १८ फागुन/ पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत भएका छन् । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इञ्जा” द्वारा काठमाडौंमा आयोजित इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान पत्र, ५० हजार राशि सहित उनलाई पुरस्कृत गरेका हुन् । पोखरालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठलाई फोटोपत्रकरिता मार्फत समाजमा खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै पुरस्कृत गरिएको हो । पुरस्कार… पुरा पढौ

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने
पोखरा, १८ फागुन/ पृथ्वी राजमार्ग अन्तरगत पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ । तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ । फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने सुचना जारी गरेको छ । सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको… पुरा पढौ