समाचार

पोखरामा विमान दुर्घटनाः प्रारम्भिक प्रतिबेदन ‘प्राविधिक त्रुटि’ -आयोग

यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा
पोखरा, २४ माघ/ पोखरामा माघ १ गते भएको यती एअरलाइन्सको जहाज दुर्घटना अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ । माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको आयोगले जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्दा प्रोपेलर फेदर नै दुर्घटनाको कारण रहेको देखिएको जनाएको छ । आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले विज्ञप्ति निकालेर जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा जानुको कारणबारे… पुरा पढौ

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

पल शाह
पोखरा, २३ माघ/ अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले पक्ष र विपक्ष दुबैलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले… पुरा पढौ

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अब सकिँदै गए भन्ने बुझ्नुस्ः प्रमुख आचार्य

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अब सकिँदै गए भन्ने बुझ्नुस्ः प्रमुख आचार्य
पोखरा, २३ माघ / पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अब सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो । ‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै… पुरा पढौ

समस्यामा व्यवसायीः निराश हैन, आत्मविश्वास बढाउन प्रहरी, डाक्टर र वकिलको सुझाव

समस्यामा व्यवसायीः निराश हैन, आत्मविश्वास बढाउन प्रहरी, डाक्टर र वकिलको सुझाव
पोखरा, २३ माघ/ कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाहरु बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरु लामो कथा लेखेर मृत्युवरण गर्न अभिषप्त भएका छन् । आखिर यो परिस्थितिको कारक हो र समस्याबाट निस्कने कसरी ? पोखरा उद्योग वाणिज्य संघले आइतबार यही विषयको वरपर रहेर अन्तरसंवाद कार्यक्रमको आयोजना ग¥यो । ‘उद्योगी/व्यवसायीहरुमाथिका चुनौती र उत्पन्न निराशा ः सकारात्मक सोच,कर्म अनि उज्यालोतिरको यात्रा’ विषयक… पुरा पढौ

गण्डकी प्रदेशसभाः स्थापनाको पाँच वर्ष पूरा

गण्डकी प्रदेशसभाः स्थापनाको पाँच वर्ष पूरा
पोखरा, २२ माघ/ गण्डकी प्रदेशसभा स्थापना भएको पाँच वर्ष पूरा भएको छ । बार्षिक उत्सवको अवसरमा गण्डकी प्रदेशसभाले आइतबार विषेश कार्याक्रम गरी मनाएको छ । प्रदेशले स्वायत्तता नपाउदा प्रदेशहरुले राम्रो सगँ काम गर्न नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बताए । उनले संघियता कार्यान्वयनमा आएसँगै यसका पक्ष र विपक्षमा बहर भइरहेको उनलेको भनाई छ । उनले संघियतालाई कार्यान्वयन गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्थाबारे व्यवस्थीत गर्दै लैजानु पर्ने बताए । उनले गण्डकी प्रदेश सभाले संचालनमा ल्याएको लाइबेरीको उद्घाटन समेत दिएका… पुरा पढौ

पोखराको मुख्य सडकमा भोली देखी हुने पार्किङ निषेध फिर्ता

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, २२ माघ/ पोखरा महानगरपालिकाले पोखराको मुख्य बजार सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने पोखरा महानगरपालिकाको निर्णय फिर्ता लिएको छ । पोखरा महानगरपालिकाले आइतबार सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय अहिलेलाई फिर्ता लिएको सूचना जारी गरेको छ । यस अगाडी माघ १६ गते सूचना जारी गर्दै मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप… पुरा पढौ

माघ २० गते देखी तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव

माघ २० गते देखी तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव
पोखरा, २० माघ/ पोखरा महानगरपालिका २३ चापाकोटमा माघ २० गते देखी तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । माघ २८ गते सम्म चल्ने महोत्सवमा स्थानीय कला संस्कृतलाई महत्व दिएको छ । महोत्सवमा पन्चेबाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, बालनृत्यु प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता लगाएतको हुने महोत्सवका संयोजक भिम पराजुलीले जानकारी दिए । महोत्सवमा स्थानीय रुपमा नै बनाएको चम्रेलि पिङ, खरिखोला झरना, हट्एयर बेलुन, हर्पन खोलाको माछा लगाएतका आक्रर्षण रहेको उनले बताए । राष्टियस्तरका कलाकारको विषेश प्रस्तुतिहरु रहेका छन्… पुरा पढौ

गण्डकी प्रदेशसभाबाट दुई अध्यादेश पारित

गण्डकी प्रदेशसभा
पोखरा, १९ माघ/ गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकले दुईवटा विधेक अध्यादेश पारित गरेको छ । गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको हो । पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकले पूर्व प्रदेश सभा मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले अध्यादेश टेबल गरेका थिए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका… पुरा पढौ

पोखरामा १३ वर्षीया किशोरी मृत फेला

पोखरा, १९ माघ/ पोखरामा १३ वर्षीया किशोरी मृत फेला परेकी छिन् । पोखरा ६ लेकसाइडमा रहेको तालबाराही माविमा पढ्दै गरेकी किशोरी हिजो साँझ करिब ७ बजे घरमा मृत फेला परेकी हुन् । घर मै झुन्डिएको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए । उनी तालबाराही माविको कक्षा ७ मा पढ्दै आएकी थिइन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरा—बाग्लुङ राजमार्गमा दैनिक ८ घण्टा यातायात बन्द हुने

पोखरा—बाग्लुङ राजमार्गमा दैनिक ८ घण्टा यातायात बन्द हुने
पोखरा, १९ माघ/ मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नितको काम शुरु गरेको छ । (शहित थिरबम योगन्द्रमान मार्ग) पोखरा—बाग्लुङ राजमार्ग अन्तर्गत पोखराको हरिचोकदेखी याम्दीपुलसम्मको सडक स्तरोन्नितको कामका लागि ८ घण्टा बन्द गरेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न… पुरा पढौ