पोखरामा ठुलो मात्रामा लागू औषध सहित १ जना पक्राउ

-


     क्लिक गण्डकी     
     चैत्र ७ गते २०७९ मा प्रकाशित


लागू औषध

लागू औषध

पोखरा, ७ चैत/ जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १३ कुडहरबाट लागू औषध सहित १ जना पक्राउ गरेको छ ।

पोखरा १३ का ३० बर्षिय कृष्ण हमालको डेरा कोठाबाट लागू औषध डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुफिन २०७ एम्पुल गरी जम्मा ६२१ एम्पुल लागू औषध बरामद कास्की प्रहरीले जानकारी दिए छ ।

पक्राउ परेका हमाललाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।



Tags: