
आगोलागि
पोखरा, २१ चैत/ पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा आगो लगाएर एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुने पुरुषको नाम, थर र उमेर अझै खुलिनसकेको कास्की प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमका लागि पश्चिमाञ्च क्षेत्रिय अस्पतालमा राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।





