सुपर मादी हाइड्रोपावरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

-


     क्लिक गण्डकी     
     चैत्र ११ गते २०७९ मा प्रकाशित


सुपर मादी हाइड्रोपावर

सुपर मादी हाइड्रोपावर

सागर राज तिमिल्सिना
पोखरा, ११ चैत/ कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । सुपर मादी जलविद्युत (हाइड्रोपावर) बाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवारबाट नियमीत जडान भएको हो ।

वर्षा याममा ४४ मेगावाट क्षेमताको सुपरमादीले पिपिए अनुसार चैतमा १३ मेगावाट क्षेमता भएपनि १५ मेगावाट उत्पादन गरेको सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले बताए । उनले बिहीबारबाट परीक्षण उत्पादन गरेर पनि शनिबार देखी नियमी उत्पादन शुरु भएको बताए ।

७ अर्ब ६५ करोड लागत अनुमान गरिएको आयोजनामा १ अर्व भन्दा बढि लागत बढेको उनले बताए । कोरोना, युक्रेन युद्धका कारण सामग्रीहरुको मुल्य बढ्नु, बैंकको व्याजदर बढ्नु र गएको असारमा बढिले क्षेती पु¥याउदा लागत बढेको बताए ।
मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भोगोलीक अवस्थाका कारण करिब ८ सय मिट पेनस्टक पाइप सुरुङ्ग भित्र जडान गरेको उनले बताए ।

भारतबाट प्रतियुनिट १२ रुपैयामा अहिले विद्युत खरिद गर्नु पर्ने अवस्थामा सुपरमादी सञ्चालनले टेवा पुग्ने उनको भनाई छ । मादीको सोंदामा पावर हाउस रहेको छ । हाइड्रोपावरको काम २०७५ साल मंसिरबाट काम थालेको थियो ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ । विद्युतगृहदेखि माथिल्लो मादीको पावरहाउस सम्म करिब ९ किलोमिटर प्रसारण लाइन रहेको छ । सानिमा बैंकको अगुवाईमा कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य, एनआइडिसिएल र प्रभु बैंक लगाएतले लगानी रहेको छ । लगानीकर्ताले २ अर्व १० करोड लगानी गरेका छन् ।

आयोजनाबाट वार्षिक २४२.६५ गिगावाट घन्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडेको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले बनाएको हो ।

आयोजनाबाट २०७८ चैतभित्र विद्युत उत्पादन गर्ने तालिका भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, २०७८ असार १ गते मादी खोलामा आएको बाढीले संरचना नै भत्काएपछि प्रभावित भएको कम्पनीले जनाएको छ ।



Tags: