सेनाको संख्या सरकारले तोक्ने हो, बाहिरी व्यक्तिले हैनः प्रधान सेनापति शर्मा

-


     क्लिक गण्डकी     
     चैत्र ९ गते २०७९ मा प्रकाशित


सेनाको संख्या सरकारले तोक्ने हो, बाहिरी व्यक्तिले हैनः प्रधान सेनापति शर्मा

सेनाको संख्या सरकारले तोक्ने हो, बाहिरी व्यक्तिले हैनः प्रधान सेनापति शर्मा

पोखरा, ९ चैत/ नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको बताएका छन् । उनले समय समयमा कसैको इशारामा बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्याका बारेमा टिप्पणी हुने गरेको बताउदै उनले नेपाली सेनाको संख्या कति आवश्यक पर्दछ भन्ने सरकारले निधारण गर्ने बताए ।

पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरमा बिहीबार प्रदेशस्तरीय भूतपूर्व सैनिक २०७९ सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ, यस्तो साइज यस्तो हुनुपर्छ, राइट साइजिङ यस्तो हो भन्दै हिड्को बताए । उनले अन्य नचाहिदो नचाहिदो कुरा गर्दै हुडेको बताए । सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको बताए ।

उनले कुनै आइएनजीओ र एनजीओमा बसेर आफै स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले हास्यास्पद कुरा गरेको बताए । उनले नेपाली सेनाका बारेमा बेला मौकामा दूष्प्रचार गर्ने नियतले अनर्गह गाली हुने गरेको बताए । नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएमा आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उनले आग्रह गरे ।
नेपाली सेनाको कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, स्वरोजगार प्रदान गर्दै आएको बताए ।

अहिले ७३ अर्ब रुपैयाँ नेपाली सेनाको कल्याणकारी कोषमा रहेको र त्यसको १३ करोड ३७ लाख रुपैयाँ ब्याजबाट खर्च गर्ने गरेको उनले जानकारी दिए । नेपाली सेनाले शान्ति सेनामा गएर नेपालभित्र वर्षको २२ करोड अमेरिकी डलर ल्याउने गरेको प्रधान सेनापति शर्माले बताए । यसरी वर्षको २२ देखि ३३ अर्ब रुपैयाँ विदेशी मुद्रा नेपाली सेनाले ल्याउँदा नेपालको अर्थतन्त्रलाई सहयोग पुगेको उनको भनाई छ ।

१० लाख हिताधिकारीलाई सहयोग पुग्ने गरी विभिन्न कल्याणकारी कार्यक्रम गरेको शर्माको भनाइ थियो । नेपाली सेनाको आफ्नै मेडिकल कलेज र यस वर्षदेखि इन्जिनियरिङ कलेज पनि सञ्चालन गर्न लागिएको शर्माले बताए । भूतपूर्व सैनिक सम्मेलनमा गण्डकीका विभिन्न जिल्लाबाट नेपाल सेनाका अवकास प्राप्त सैनिक सहभागी भएका थिए । त्यस अवसरमा ज्येष्ठ नागरिक पूर्वसैनिक, परिवार, सबै सन्तान नेपाली सेनामा भर्ती गराएका, उत्कृष्ट काम गरेकालाई प्रधान सेनापति शर्माले सम्मान गरेका थिए । विभिन्न सांस्कृतिक र सैनिक झाँकीहरू प्रदर्शन गरिएको थियो ।



Tags: ,