#नेपाली सेना

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ
पोखरा, २५ चैत/ नेपाली सेनाको साइबर स्पेस (सर्भर) ह्याक गरेको अभियोगमा पोखरा १७ को बाटुलेचौरबाट २१ वर्षे सागर ढकाललाई नेपाल प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्याङ्जा वालिङका ढकाल केही समययता पोखरा १६ मा डेरा गरि बस्दै आएका छन् । प्रहरी अनुसन्धान अनुसार ढकालले घरधनीको इन्टरनेट प्रयोग गरी सेनाको साइबर स्पेसमा विभिन्न समयमा आक्रमण गरेको खुलेको छ । साइबर स्पेसमा आक्रमण हुन थालेपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी गराएको थियो । साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका… पुरा पढौ

सेनाको संख्या सरकारले तोक्ने हो, बाहिरी व्यक्तिले हैनः प्रधान सेनापति शर्मा

सेनाको संख्या सरकारले तोक्ने हो, बाहिरी व्यक्तिले हैनः प्रधान सेनापति शर्मा
पोखरा, ९ चैत/ नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको बताएका छन् । उनले समय समयमा कसैको इशारामा बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्याका बारेमा टिप्पणी हुने गरेको बताउदै उनले नेपाली सेनाको संख्या कति आवश्यक पर्दछ भन्ने सरकारले निधारण गर्ने बताए । पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरमा बिहीबार प्रदेशस्तरीय भूतपूर्व सैनिक २०७९ सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ, यस्तो साइज यस्तो हुनुपर्छ, राइट साइजिङ यस्तो हो भन्दै… पुरा पढौ