नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ

-


     क्लिक गण्डकी     
     चैत्र २५ गते २०७९ मा प्रकाशित


नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ

पोखरा, २५ चैत/ नेपाली सेनाको साइबर स्पेस (सर्भर) ह्याक गरेको अभियोगमा पोखरा १७ को बाटुलेचौरबाट २१ वर्षे सागर ढकाललाई नेपाल प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

स्याङ्जा वालिङका ढकाल केही समययता पोखरा १६ मा डेरा गरि बस्दै आएका छन् । प्रहरी अनुसन्धान अनुसार ढकालले घरधनीको इन्टरनेट प्रयोग गरी सेनाको साइबर स्पेसमा विभिन्न समयमा आक्रमण गरेको खुलेको छ ।

साइबर स्पेसमा आक्रमण हुन थालेपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी गराएको थियो । साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उनको संलग्नता पुष्टि भएपछि उनलाई ब्युरोबाट खटिएको टोलीले बाटुलेचौरबाट बिहीबार नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



Tags: ,