पोखराको काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाको डिजाइनिङ यस्तो

-


     क्लिक गण्डकी     
     फागुन २८ गते २०७९ मा प्रकाशित


पोखराको काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाको डिजाइनिङ यस्तो

पोखराको काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाको डिजाइनिङ यस्तो

पोखरा, २८ फागुन/ पोखरा महानगरपालिका–११ काँहुडाँडामा निर्माणाधीन धर्मकाया बुद्धमण्डला निर्माणको अन्तिम डिजाइनिङ तयार भएको छ । डिजाइनिङको अन्तिम डिजाइन बारे क्याथरिन (सिंगापुर) ले जानकारी दिएको छ ।

काँहुडाँडामा १७८ रोपनी क्षेत्रफलमा करिब सात अर्बको लागतमा बुद्ध जीवनीका हरेक पक्ष समेट्ने संरचना सहित विशाल बुद्धको मूर्ति स्थापना गर्ने डिजाइनमा उल्लेख छ ।

बुद्ध मण्डला निर्माणका लागि स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समितिले १७० रोपनी जग्गा प्रदान गरेको छ भने छ रोपनी क्षेत्रफलको जग्गा समितिले खरिद गर्नाका साथै दुई रोपनी भूमि दान सहयोग प्राप्त भएको छ ।

बुद्ध मण्डला निर्माण समिति पछि पोखराको पर्यटकीय आकर्षणलाई वृद्धि गर्ने र पोखरामा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।



Tags: