
पोखरामा होलीमा रमाउदै विदेशी पर्यटक
सागर राज तिमिल्सिना
पोखरा, २२ चैत/ होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन् । उनीहरुले एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होली मनाए । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना आएका विदेशीहरु रंगहरु सगँ रमाए । होलिको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम आयोजना हुदै आएको छ ।
पोखरा ६ अम्बोटबाट नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । पहिलो पटक होलिमा सहभागि भएका कतिपय विदेशीले विशेष रुचिका साथ नेपाली सँगै रमाइलो गरेका थिए । रंगहरु दलेर होली मनाउँदा पर्यटकहरुको अनुहार रंगीचंगी बन्दा पर्यटकहरुलाई चिन्न समेत मुस्किल थियो । होलीमा रमाउन पाउदा पर्यटकहरुले खुसी व्यक्त गरे ।
आन्तरीक एवं बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यका पर्यटन व्यावसायीले होली महोत्सवको आयोजना गर्दै आएका छन् । होली विशेष कार्यक्रमले पर्यटकीय क्षेत्र लेकसाइडमा आउने पर्यटकहरु रमाउने गरेको व्यवासायीहरु बताउ छन् ।
होलीमा पोखरामा कार्यक्रहरु हुनथाले पछि पोखरा पर्यटकको आक्रर्षण साथै इभेन्ट गर्ने स्थलका रुपमा समेत विकसीत भएको कार्यक्रम संयोजक विरेन्द्र शेरचनले बताए । पर्यटकको बढी चहलपहल हुने लेकसाइड क्षेत्र नै होलीको बेलामा आकर्षणको केन्द्रविन्दु बने गरेको छ ।






