
पोखरामा छात्रालाई दुव्र्यव्यवहार गर्ने सवारी र चालक प्रहरीको नियन्त्रणमा
पोखरा, २२ फागुन/ पोखरा महानगरपालिका ५ मालेपाटन स्थित बाराही माविकी छात्रालाई दुव्र्यव्यवहार गर्ने जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिऊसो विद्यालय अगाडी हिडि रहेकी १४ बर्षिय छात्रालाई बा१४च ४३३३ गाडीमा आएका गोरखाका नरमान तामाङले दुव्र्यव्यवहार गरेको स्थानीयले बताएका छन् ।
‘छात्रालाई गाडीमा राखेर लैजान खोजेका थिए,’ एक स्थानीयले भने ‘छात्रा भागेपछि उनी गाडी घुमाएर फेरी पनि छात्रालाई लैजान खोजे ।’
त्यसपछि सबै जनाले गाडी र गाडी चालकलाई समातेर प्रहरीलाई बुझाएका छन् । स्थानीयले गाडीका समेत तोड्फोड् गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाम लगेको छ ।





