
चोरी
पोखरा, १८ फागुन/ बिहीबार रातको करिब साढे ११ बस्दै थियो । पोखरा ७ शिवमार्गको एक घरमा चोर पसेछ । पल्लो घरको छिमेकीले चोर पसेको देखेपछि उनले वरपर चार तिरका घरका छिमेकीलाई फोन गरेर चोर परेको कुरा बताए ।
चार तिरबाट चोरपसेको घरलाई घेराहाले पछि चोर आएको सबैलाई हल्लाखल्ला गरे । टिनमुनि लुकेर बसेको चोरलाई पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।
कोही नभएको घरमा भ¥याङ हालेर चोर परेको थियो । केही दिन अगाडी पनि सोही घरमा तीन जना आएर चोरीको प्यास गर्दा स्थानीयले देखेपछि भएका थिए । बिहीबार राति पक्राउ परेको चोरलाई वडा प्रहरी कार्यालय बैदामले लगेर थप अनुसन्धान गरिएरहेको बताएको छ ।





